Todays Nepal
No1 Nepal's Complete News Sites

एकैछिन भएपनी जन्मघरको पिढिंमा बसेर सिस्ने धाराको पानी पिएर फर्किएका देवकोटाप्रती विश्वप्रकाश भावुक

8,671

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले गोरखास्थित आफ्नो पुख्यौली घरमा रहेको सिस्नेधाराको पानी पिए । काठमाडौंस्थित न्यूरो अस्पतालमा सघन उपचार गराईरहेका देवकोटाले शनिवार गोरखा पालुङटारस्थित जन्मथलोमा पुगेर पानी पिएका हुन् ।

उनको ईच्छा अनुसार हेलिकोप्टर मार्फत गोरखा लगिएको थियो । जन्मघरको पिढिमा बसेर उनी काठमाडौं उपचारको लागि फर्किएका छन् । यसैविच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भगवानसँग देवकोटाको दिघार्युको कामना गरेका छन् ।

देवकोटाको ईच्छा अनुसारको कार्य पुरा भएपछि निकै भावुक बनेका प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत दिघार्युको कामना गरेका हुन् । उनले भगवान पुकार्दै भनेका छन्:

पुर्ख्यौली गाउँ जाने इच्छा अनि पुर्ख्यौली घरको पिंढिमा बसेर सिस्नेधाराको पानी पिउने इच्छा l सुन्दै गर्दापनी बडो भावुकता l
आज जो पुरा भएको छ डा देवकोटाको !

हे इश्वर ! केही हजार दिनको दिर्घायु संभव छ भने मिलोस् यी श्रदेय डाक्टर साब´लाई,जसका कारण हजारौंले पुनर्जीवन पाएका छन् !!

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: