Todays Nepal
No1 Nepal's Complete News Sites

गुण्डा पाल्ने नवीनालाई विश्वप्रकाशको दनक

8,758

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाकी सांसद एवं अनेरास्ववियुकी अध्यक्ष नवीना लामालाई काउन्टर अट्याक गरेका छन्। गुण्डा पठाएर पत्रकार धम्क्याएको खबर सार्वजनिक भएपछि शर्माले नवीनाको कदम निन्दनीय रहेको टिप्पणी गरेका छन्।

उनले सांसद भइसकेको व्यक्तिबाट कार्यालयमा गुण्डा पठाएर पत्रकारलाई धम्क्याउने कुरा सभ्य समाजमा नसुहाउने भन्दै संयमित अभिव्यक्ति राख्न र आलोचना सुन्ने धैर्य बढाउन सुझाव समेत दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्– ‘कुनै समाचार चित्त नबुझे खण्डन गर्ने गराउने निस्चित प्रक्रिया हुन्छन् र छन् । फोन, धम्की या कार्यालयमा हुलहुज्जत सभ्य समाजमा सुहाउन्न । ‘हाम्रा कुरा’प्रतिको ब्यवहार निन्दनीय छ । संयमित अभिव्यक्ति राखौं,आलोचना सुन्ने धैर्य बढाऔं । प्रेस स्वतन्त्रताको मर्यादा हामी सबैको कर्तव्य हो ।’

नवीनाले पेट्रोलियम पदार्थ वृद्धि विरुद्ध नबोलेको भन्दै चर्काे आलोचना भएपछि हाम्रा कुरा अनलाइन पत्रिकाले समाचार प्रकाशित गरेको थियो। सोही समाचारलाई लिएर नवीनाले कार्यालयमै अनेरास्ववियु सम्बद्ध केही गुण्डा पठाएर धम्क्याउन लगाएकी थिइन्। यो कदमको चौतर्फी विरोध भइरहेको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: