Todays Nepal
No1 Nepal's Complete News Sites

ज्ञानेन्द्र निष्क्रिय बन्दै जाँदा सक्रियता बढाउँदै पारश!

7,726

पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक-धार्मिक सक्रियता कम हुँदै जाँदा पूर्वयुवराज पारश शाहको राजनीतिक-धार्मिक सक्रियता बढ्न थालेको छ।

थाइल्याण्डबाट फर्केयता राजधानीभित्रै धार्मिक गतिविधिमा सक्रिय रहेका उनी अब राजधानीबाहिरका कार्यक्रममा जाने योजना बनाउँदैछन्।

यसैक्रममा उनी असार पहिलो साता गोरखा जाँदैछन्। एक रात गोर्खा बिताउने योजना बनाएका उनी त्यहाँ आयोजित र्‍याली र अभिनन्दनमा सहभागी हुनेछन्।

५ असारमा गोरखा पुग्ने उनी भोलिपल्ट (६ असार) गोरखकाली मन्दिरमा पुजाआजाका लागि जानेछन्। उनले त्यहाँ एक घण्टा पुजामा बिताउनेछन्।

गोरखकाली मन्दिरसम्म राजावादीहरुको ¥यालीसहित पुग्नेछन्। र्‍याली गोरखाको लक्ष्मीबजारबाट विहान ८ बजेदेखि सुरु हुने बताइएको छ।

गोरखकाली मन्दिरमा करिव १ घण्टा पुजाआजामा बिताएपछि उनी गोरखा बजारको उपल्लो भागमा रहेको संग्रहालयको अवलोकन गर्नेछन्।

गणतन्त्र स्थापनापछि नेपाल सरकार मातहत ल्याइएको गोरखा दरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा पनि उनले माल्यार्पण गर्नेछन्।

लगत्तै राजतन्त्रका समर्थकहरुद्वारा पारशको अभिनन्दनको कार्यक्रम रहेको पराश भ्रमणको व्यवस्थापन गरिरहेका सबिन खड्काले बताए।

संविधान जारी हुनुअघि पूर्व राजा ज्ञानेन्द्र जति सक्रिय थिए, संविधान जारी भएपछि उनी पहिलेजस्तो सक्रिय देखिएका छैनन्, पारशको सक्रियता भने बढ्दो छ।

यसै हप्ता उनले मृगस्थलीस्थित गोरक्षनाथ आश्रममा राजा पृथ्वीनारायण शाह र महेन्द्र लगायत धार्मिक विषयमा दिइएको एक हप्ते कक्षा समेत लिइसकेका छन्।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: