Todays Nepal
No1 Nepal's Complete News Sites

विश्वकप नजिकै आउदै गर्दा ‘धुर्मुस’ को मनपर्ने टिम अर्जेन्टिना, खेलाडीमा मेस्सी !

8,702

विश्वकप नजिकै आउदै गर्दा सिताराम कटेल धुर्मुस पनि फुटबल खेल मन पर्ने बताएका छन् । सञ्चारमाध्यमा अनि ठाउँठाउँ विश्वकपको माहोल छाइरहँदा अलि चासो बढेको छ नै। म चाहिँ अर्जेन्टिनाको फ्यान अनि खेलाडीमा मेस्सी। अर्जेटिनासँग न त नाता पर्छ न त अरु कै तर पनि खै के भएको भाव अनि झुकाव चाहिँ उ प्रति नै आउने।

सन् १९९८ मा वोल्डकप हेर्दा फस्ट गेम नै अर्जेन्टिनाको हेरेको थिएँ। त्यतिबेला देखि नै अर्जेटिनाले मेरो मनमा छाप छोडेको थियो। धेरै खेलाडीहरुलाई चिनेपनि चासो राखेपनि मनचाहिँ मेस्सी तर्फ ढल्केको छ।

कुन्जनाको त धेरै टिमको समर्थक हुन सक्छिन् सायद। आज एउटाको समर्थक हुन्छिन् भने अर्कोदिन अर्कोको भैराखेको हुन्छिन्। म भन्दा पनि उनी चाहिँ यो विश्वकपमा अलि बढी नै उत्साहित छिन्।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: