Todays Nepal
No1 Nepal's Complete News Sites

संसारमै नभएको लोकतन्त्र नेपालमा : अव जस्तोसुकैअपराध गरे पनि जनप्रतिनिधि बन्न पाउने संवैधानिक ब्यवस्था

8,789

अपराधिक कार्यमा मुछिए पनि संघीय संसदका सांसदहरुको पद नजाने भएको छ ।प्रतिपक्षी नेपाली काँग्रेसको अडानका कारण फौजदारी अभियोग लागेपनि सांसदको पद निलम्बन नगर्ने व्यवस्था कायम भएको छ । शुक्रबार संसदले पारित गरेको नियमावलीबाट फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने शब्द नै हटाइएको छ ।

सत्ता पक्षले पटकपटक गरेको प्रयासपछि पनि काँग्रेस नमानेपछि सत्तापक्ष पछाडि हटेको हो । दुई तिहाई बहुमत हुँदाहुँदै पनि काँग्रेसको धम्कीका कारण फौजदार अभियोगका लागि सांसदको समेत अब पद जोगिने भएको छ ।

लामो समयदेखि अड्किएको संसद नियमावलीलाई पारित गर्ने वातावरण बनाउने क्रममा केही दिन अघि नेकपाका नेता माधवकुमार नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच घम्साघम्सी नै भएको थियो । देउवाले संसद छाड्नेसम्मको धम्की दिएका थिए ।

किन तर्सियो काँग्रेस ?

मुलुकमा अहिले सत्तासक्षसँग दुई तिहाई बहुमत छ । बहुमत भएपछि जस्तोसुकै कानुन पनि पारित गर्न सम्भव छ । त्यसैले पनि काँग्रेस सरकारसँग सशंकित भएको हो । राजनीतिक प्रतिसोधका आधारमा आफ्ना सांसदहरुलाई बिभिन्न मुद्दा लगाएर सरकारले फसाउन सक्ने डरले काँग्रेस कठोर बनेको स्रोतले बतायो ।

यसअघि सदभावना पार्टीका सञ्जय साह, माओवादीका ल्यारक्याल लामा लगायतका पद निलम्बनमा परेको थियो । त्यसैले पनि काँग्रेस सत्तापक्षले आफ्ना सांसदको हकमा कानुनको कुनै छिद्रा नखोजोस भन्नेतिर लागेको जानकारहरु बताउँछन् ।

यसअघि मुलुकी ऐन अनुसार, पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा सांसद् स्वतः निलम्बनमा पर्ने व्यवस्था थियो ।

परराष्ट्रमन्त्री शनिबार मंगोलिया जाने

काठमाडौँ, २५ जेठ (रासस) ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन शनिबार मंगोलिया प्रस्थान गर्नुहुनेछ ।

यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली मंगोलियाको उलानबटार जान लाग्नुभएको हो ।

बैठकमा वैदेशिक लगानी, सूचना प्रविधिलगातयका विभिन्न विषयमा छलफल हुने मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट गर्नुका साथै त्यहाँका समकक्षीसँग द्विपक्षीय हितका विषयमा कुराकानीसमेत गर्ने उल्लेख छ ।

उक्त भ्रमण टोलीमा मंगोलियाका लागि नेपालका गैरआवासीय राजदूतसमेत रहनुभएका लीलामणि पौड्याल पनि सहभागी हुनुहुनेछ । मन्त्री ज्ञवाली यही जेठ ३० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: