Todays Nepal
No1 Nepal's Complete News Sites

एकाबिहानै दुखत खबर: त्रिशुलीमा ट्रक खस्दा दुईको अबस्था अज्ञात

8,715

पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति एउटा ट्रक त्रिशूली नदिमा खस्दा दुई जना वेपत्ता भएका छन् ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँ तर्फ आउँदै गरेको ना५ख ३४१५ नम्बरको ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा खसेर हराइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए।

ट्रक चालक सिन्धुपाल्चोक, बाह्रबीसेका २७ वर्षीय टोपबहादुर श्रेष्ठ र सहचालक १९ वर्षीय तुलसी दुलालको अबस्था अज्ञात छ।

नदीमा ट्रकसमेत डुबेको छ। दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: