Todays Nepal
No1 Nepal's Complete News Sites

डा देवकोटाको आग्रह: ‘दाजु यो देशमा राष्ट्रिय एकताको खाँचो छ, सबैलाई मिलाएर लैजानुस्’

9,864

डा. उपेन्द्र देवकोटाले सबै क्षेत्रका व्यक्तिलाई मिलाएर जान आफ्ना दाजुसँग आग्रह गरेका छन् । देवकोटाले आफूलाई हेर्न अस्पताल पुगेका नेकपाका नेतासमेत रहेका वाचस्पति देवकोटासँग यस्तो कुरा राखेका हुन् ।

देवकोटाको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार साँझ दाजु एबं नेकपा नेता देबेकोटाले भेटेका थिए ।

दिनभरि इन्तु न चिन्तु भएपनि देवकोटा साँझ थोरै बोल्न सकेको पारिवारिक स्रोतले जनायो । ‘दाजु यो देशमा राष्ट्रिय एकताको खाँचो छ, त्यसैले परिवारलाई मात्र होइन, सबैलाई मिलाएर लैजान तपाईंले नेतृत्वदायी भूमिका निर्वाह गर्नुहोला ।’

पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाण्डुको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । डा. देवकोटालाई अहिले पनि आईसीयुमै राखिएको छ । उनको निधन भएको भन्ने अपुष्ट समाचारले सामाजिक सञ्जालमा सनसनी मच्चाएको थियो । तर, अस्पतालले एक विज्ञप्ति जारी गर्दै डा. देवकोटाबारे फैलिएको हल्ला निराधार भएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: