Todays Nepal
No1 Nepal's Complete News Sites

अमेरिका पुग्ने सपनाः २३ नेपाली नाइजेरियामा बन्धक

8,876

अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

बिचल्ली पारिएकामध्ये बागलुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरुरुलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेका छन् ।

रवीन्द्रका अनुसार उनीहरु सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ । आजको कान्तिपुर दैनिकको पृष्ठ २ मा समाचार छापिएको छ ।

‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरुले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राय गरिएको थाहा पाएको छु’, रवीन्द्रले भने । बिविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाइृ बुझाएका थिए ।

सिल्भर फोइलले बेरिएर, कन्टेनरमा बसेर विदेश जान लागेका थिए यी सात व्यक्ति

विदेश जाने इच्छा धेरैलाई हुन्छ । यसका लागि कतिले वैधानिक तरिका अपनाउँछन् त कतिले अचम्मको अवैधानिक तरिका अपनाउने गर्दछन् । यस्तैमा इराकका मानिसहरुले टर्की पुग्नका लागि एक अचम्मको तरिका अपनाएका छन् ।

स्मरण रहोस्, इराकमा अमेरिकी हमला र आइएसआइएसको उदयपछि इराकको स्थिती नाजुक छ । यस्तोमा थुप्रै मानिसहरु इराक छोडेर अन्य देश जाने कोसिसमा छन् ।

इराक छोडेर अन्य देश जाने मानिसहरुका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य टर्की हो किनभने यहाँबाट युरोप जान पनि निकै सजिलो हुन्छ । यद्यपी, कानूनी तरिकाले इराकीलाई टर्कीमा प्रवेश पाउन त्यति सजिलो छैन । त्यसकारण मानिसहरु गैरकानूनी तरिकाले प्रवेश गर्ने कोसिस गर्छन् ।

त्यसकारण इराकका सात व्यक्ति टर्कीमा प्रवेशका लागि आफूलाई एल्मुनियम फोइलले पूर्ण रुपमा ढाकेर शिपिंग कन्टेनरभित्र बसे ।

तर उनीहरुको योजना पूर्ण रुपमा असफल भएको छ । डेली मेलका अनुसार टर्कीको इस्तान्बुलको पेन्डिंक पोर्टमा यो लरीको अनुसन्धान गरियो । कन्टेनरको तौल कागजातमा लेखिएको तौलभन्दा धेरै भएपछि अधिकारीलाई शंका लाग्यो जसका कारण कन्टेनर खोलेर अनुसन्धान गरियो ।

कन्टेनर खोल्दा यी इराकी सिल्भर फोइलले बेरिएको अवस्थामा भेटिए । लरी ड्राइभरसहित सबैलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: