Todays Nepal
No1 Nepal's Complete News Sites

उपेन्द्र देवकोटालाई सिस्नेपानी धाराको पानी खुवाइयो : १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुर्‍याए

8,970

बरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकाटालाई जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँको सिस्नेपानी धाराको पानी खुवाइएको छ । अक्सिजन लगाएरै हेलीकोप्टर मार्फत घर ल्याइएका देवकोटाले केही दिन अघि मात्रै घर जाने र सिस्नेपानी धाराको पानी खाने इच्छा ब्यक्त गरेका थिए ।

उनकै इच्छा अनुसार छोरी सिलुले सिस्नेपानी धाराबाट थापेर ल्याएको पानी उनले खाएका हुन् । देवकोटाको घरबाट सिस्नेपानी धारा पाँच मिनेटको दुरीमा रहेको छ ।

न्यूरो अस्पतालबाट हेलिकोप्टरमा राखेर सिधै उनलाई उनको पुर्खौली घर पुर्‍याइएको हो। हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट करिब १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुर्‍याए।

उनलाई केहीबेर पुर्खौली घरमा राखेर काठमाडौं फर्काउने तयारी छ। डाक्टर देवकोटालाई लिएर उनका तीन छोरी पण्डित गाउँ आएका छन्।

अहिले गोरखामा उनका आफन्त र शुभचिन्तकको भिड लागेको छ ।

देवकोटा पित्तथैलीको क्यान्सरले पीडित छन्। उपचार असम्भव प्रायः भएपछि उनी विदेशबाट नेपाल फर्किएका थिए। उनलाई बेला बेलामा सञ्चो भएजस्तो हुने र बेला बेलामा रोगले च्याप्ने गरेको छ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: