Todays Nepal
No1 Nepal's Complete News Sites

मन्त्री रविन्द्र अधिकारीलाई सुरक्षाकर्मीले छाता ओडाइदिएको फोटोमाथि आलोचना

9,804

सत्ता बाहिर रहँदा जनताका पक्षमा राम्रा र मन लोभ्याउने कुरा गर्ने र सत्तामा पुगेपछि त्यसको ठिक विपरित गर्ने नेपाली राजनीतिज्ञहरुको नियती नै हो।

असल र आशा लाग्दा मानिएका नेताहरु समेत सत्तामा पुगेपछि उल्टो काम गरिरहेका हुन्छन्।

आशा लाग्दा र युवा वर्गले अत्यन्तै रुचाएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको एक फोटो भाईरल भएको छ र उनको आलोचना समेत भएको छ।कुनै कार्यक्रममा जाँदै गरेका मन्त्री अधिकारीलाई उनका सुरक्षाकर्मीले छाता ओडाइदिएको तस्विरमाथि सामाजिक संजालमा आलोचना भएको हो।

केहि दिनअघि नेदरल्याण्डका प्रधानमन्त्रीले पोखिएको कफी आफैले सफा गरेर सबैतिर चर्चा बटुलेका तर नेपालका युवा मन्त्रीले एउटा छाता समेत आफ्नो हातले समात्न नसकेर सुरक्षाकर्मीले ओडाइदिन परेको भन्दै मन्त्री अधिकारीको आलोचना भएको हो।

जनता टेलिभिजनको लोगो भएको तस्विर सामाजिक संजालमा छरपस्ट भएपछि धेरैले निराशा समेत व्यक्त गर्दै भनेका छन्-‘आशालाग्दा रविन्द्र अधिकारी मन्त्री बन्दा खुशी लागेको थियो तर यस्तो फोटो देख्दा निराशा पैदा गर्यो।’

‘के मन्त्री अधिकारीले आफ्नै हातले छाता समात्न नसक्ने हुन् र ? सरकारी सुरक्षाकर्मी मन्त्रीको सुरक्षाको लागी कि उनलाई पानी परेको बेलामा छाता ओडाइदिनको लागी ?’

केहि महिनाअघि पशुपतिको सवारी साधन प्रवेश निषेधित क्षेत्रमा झण्डा भएको मन्त्री अधिकारीको गाडी पार्किङ गरेकोमा उनको आलोचना भएको थियो।पछि उनको सचिवालयले विज्ञप्ति निकालेर माफी समेत मागेको थियो।

तस्विर : सामाजिक संजाल

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: