Todays Nepal
No1 Nepal's Complete News Sites

एउटा यस्तो व्यक्ति जसको तीन खुट्टा, चार पैताला र दुई यौनाङ्ग

8,700

मानिसको जन्म पनि निकै अनौठो हुन्छ । जस्तो अवस्था लिएर जन्मेपनि सास हुन जेलसम्म बाच्ने आशा सबैमा हुन्छ । सन् १८८९ मे १८ तारिखमा रोसोलिनी सिसिलीस्थित १२ सन्तान भएको घरमा एक बालकको जन्म भयो । फ्रान्सेस्को एलेन्टिनीका तीनवटा खुट्टा, चारवटा पैताला र दुईवभटा यौनाङ्ग थिए ।

लेन्टिनी आफ्नो जुम्ल्याहाको अंगसहित जन्मिएका थिए जुन उनको कम्मरमुनिको भागमा जोडिएको थियो । उनको दुई खुट्टा यथास्थानमा थिए तर उनको दायाँ भागको कम्मरबाट अर्को फूल साइज खुट्टा निस्किएको थियो । त्यही खुट्टाको घुँडा नजिकै अर्को सानो खुट्टा जोडिएको थियो ।

लेन्टिनी आठ वर्षको हुँदा उनको परिवार अमेरिका सर्यो । पछि उनले ‘द ग्रेट लेन्टिनी’ को रुपमा सर्कसमा ‘साइड शो बिजनेस’ मा प्रवेश गरे । उनले ३० वर्षको उमेरमा अमेरिकी नागरिकता पाए । ४० वर्षे आफ्नो सर्कस करियरमा उनले थुप्रै चर्चा बटुले । लेन्टिनीलाई उनका साथीहरुले यति सम्मान गर्दथे कि उनलाई ‘द किंग’ भन्ने गर्दथे ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: