Todays Nepal
No1 Nepal's Complete News Sites

विश्वकपमा ब्राजिलका फ्यानहरुका लागी दुखत समाचार, पेलेले नै यसो भनेपछि

8,697

पाँच पटक विश्वकप फुटबलजितिसकेको ब्राजिल छैठौंपटक उपाधि हासिल गर्ने योजनामा छ । ब्राजिललाई सधै झै यस पटक पनि उपाधिको प्रवल दावेदारको रुपमा हेरिएको छ । तर, ब्राजिलकै महान फुटबलर पेले भने यस पटक पनि ब्राजिलले विश्वकप जित्नेमा विश्वस्त छैनन् ।

विश्वकपको तयारी जोडतोडले भइरहँदा पेले ब्राजिलको टिममा सन्तुलन नभएको बताउँछन् । संचारकर्मीसँगको कुराकानीमा उनले भने, ‘टिमका सदस्य खेलाडीहरु उत्कृष्ट छन् तर टिम भने च्याम्पियन बन्नका लागि आवश्यक सन्तुलित देखिएको छैन ।’

ब्राजिलले तीन पटक विश्वकप हासिल गर्दा टिम सदस्यका रुपमा रहेका पेलेले हाल ब्राजिलियन टिमबारे टिप्पणी गर्दै भनेका छन्, ‘विश्वकप जित्नका लागि सन्तुलित टिम चाहिन्छ, नेयमार एक्लैले विश्वकप जिताउन सक्दैनन् ।’

नेयमार सर्वश्रेष्ठ खेलाडीमध्ये एक रहेको जिकिर गर्दै उनले भने, ‘उनी परिपक्व र अनुभवी छन्, व्यक्तिगत रुपमा अरु खेलाडी पनि राम्रा छन् तर समग्रमा टिम राम्रो छैन ।’

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: