Todays Nepal
No1 Nepal's Complete News Sites

फिफा वरियतामा नेपाल ३ स्थान माथि उक्लियो, जर्मनी पहिलो स्थानमा

9,800

रुस विश्वकप सुरुहुनु अघि फिफाले विश्व फुटबलको वरीयता सार्वजनिक गरेको छ।

फिफाले निकालेको वरीयतामा जर्मनीले पहिलो नम्बर यथावत राखेको छ भने नेपाल तीन स्थान सुधार गरेको छ। त्यस्तै विश्वकप आयोजक रुस विश्वकप खेल्ने मध्ये सबै भन्दा तल्लो वरीयतामा रहेको छ।

फिफाले सार्वजनिक गरेको वरीयता अनुसार पहिलो नम्बरमा जर्मनी, दोस्रोमा ब्राजिल, नेस्रोमा बेल्जियम, चौँथोमा पोर्चुगल रहेका छन्।

त्यस्तै पाँचौमा मेस्मीको अर्जेन्टिना, छैटौँमा विट्जरल्याण्ड तथा सातौँमा फ्रान्स रहेका छन्। त्यस्तै लेवाण्डोस्कीको पोल्याण्ड २ स्थान माथि उक्लिदै आठौँ स्थानमा छ भने, चिली नवौँ स्थानमा छ । त्यस्तै दुई स्थान तल झर्दै स्पेनले दशौँ स्थान कायम गरेको छ।

त्यस्तै यसअघि ६६ औँ वरीयतामा रहेको आयोजक रसिया ७० औँ स्थानमा झरेको छ। त्यस्तै ३ स्थान सुधार गर्दै नेपाल दक्षिण एसियामा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ। भारत ९७ औँ स्थानमा, माल्दिभ्स १५० र नेपाल १६२ औँ स्थानमा रहेको छ।
नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको यो महिनाको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा उक्लिएको हो।

सार्क देशमा एक स्थान तल झरेर पनि भारत सबैभन्दा माथि ९७ औं स्थानमा छ । यस्तै माल्दिभ्स १४२ औं स्थानमा पुग्दा अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं स्थानमा झरेको छ। नेपालभन्दा माथि रहेको अर्को दक्षिण एसियाली मुलुक भुटान १६५ औं स्थानमा पुगेको छ।

नेपालभन्दा तल रहेको बंगलादेश एक स्थानमाथि उक्लिदै १८९ औं स्थानमा छ भने श्रीलंका १९७, पाकिस्तान २०० औं स्थानमा छ ।

यस्तै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ। रूस विश्वकपमा स्थान बनाएको ब्राजिल, जर्मनीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । जर्मनी दोस्रो स्थानमा झरेको छ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: