Todays Nepal
No1 Nepal's Complete News Sites

बहादुर श्रीमान, जसले यसरी बचाए कोठीमा बेचिएकी श्रीमतीका ज्यान

8,929

मोहिनीलाई दबाब दिनको लागि उनीहरुले उनका नाबालक छोरालाई पनि अपहरण गरेका थिए । श्रीमती घर नफर्किएपछि अजयले खोजी सुरु गरे । एक महिनाभन्दा बढी समय खोजतलास गर्दा अजयले आफ्नी श्रीमतीलाई कोठीमा बेचिदिएको थाहा पाए ।उनकी श्रीमतीले त्यही बीचमा मौका पाउँदा लुकिछिपी अजयलाई फेन गरेर यसबारेमा बताएकी थिइन् ।

श्रीमतीबारे थाहा पाएपछि उनी प्रहरीसँग मद्दत माग्न पुगे । तर त्यहाँबाट कुनै सहयोग नपाएपछि उनी हिन्दू जागरण मञ्चका अविनाश राणासँग सम्पर्क गरे । त्यहाँबाट उनी शहरका एसपी कुँवर अनुपम सिंहको सम्पर्कमा पुगे । एसपी सिंहले मातहतका प्रहरी निकायलाई सहयोगको लागि आदेश दिए ।

लगत्तै अजय ग्राहक बनेर आफ्नी श्रीमती भएको कोठीमा पुगे । त्यहाँ गएपछि उनले कोठीकी संचालिकासँग मोहिनीलाई छोडिदिन अनुरोध गरे ।अजयका अनुसार कोठीका गुण्डाहरुले उनलाई निकै कुटपिट गरे तर उनले आफ्नी मोहिनीलाई छोडिदिन गुहार लगाइरहे । उनको जिद्दी देखेर कोठी संचालकहरुले मोहिनीको बदलादा के दिन्छौ भनेर सोधे ।

अजयले आफ्न श्रीमतीलाई ८० हजारमा किन्ने सम्झौता गरे । सम्झौतापनि उनले आफ्ना छोरा मागे । छोरालाई लिएर एटिएमबाट पैसा लिएर आउने भन्दै उनी त्यहाँबाट बाहिरिए । कोठीबाट बाहिरिएलगत्तै उनी प्रहरीकहाँ पुगे । उनले मोहिनी त्यहीँ भएको पुष्टि गरेपछि प्रहरीले छापा मारेर मोहिनीलाई छुटाएको छ । अपहरण गर्ने दुई जना र कोठी संचालकविरुद्ध मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: