Todays Nepal
No1 Nepal's Complete News Sites

यता रमाउने, उता जन्माउने !

8,700

अहिले सामाजिक सञ्जाल फेसबुकमा एकजना नेपाली महिलाको भिडियो भाइरल भइरहेको छ । बंगलादेशी पुरूषसँग अनैतिक कृयाकलाप गरेको लाइभ भिडियो विभिन्न ग्रुपमा भाइरल बनिरहेको हो । उनले भिडियोमा नेपालीमा आफन्तसँग सम्वाद गरिरहेकी छन् । त्यो हर्कत सामाजिक सञ्जालमा ‘लिक’ भएपछि महिला सम्पर्कविहीन छिन् ।

रोजगारीका लागि विदेशी भुमि रोज्ने महिलाहरूका आफ्ना पीडा एकातिर छँदै छन् । केही छिनको रमाइलोका कारण फैलिने बद्नामी अर्कातिर छ ।

एक महिना अघिमात्र जोर्डनबाट ८ महिनाको बच्चा बोकेर नेपाल फर्किएकी झापाकी एक महिलाले न्याय माग गरेकी छन् । आफुलाई बलात्कार गरिएको बताएकी उनले कम्पनी मालिकले कामबाट निकालेको भन्दै सँगै कार्यरत सहकर्मीले बलात्कार गरेको गुनासो गरिन् ।

तर, कसले बलात्कार गरेको हो भन्नेचाहीँ खुलाएकी छैनन् । भारतीय नागरिक रहेको जानकारी दिएकी उनले कम्पनीले बलात्कारी र आफुलाई सँगै देश फिर्ता गरेको बताएकी छन् । उनको आवेगको सम्बन्धका कारण यस्तो घटना भएको हुनसक्ने धेरैको अनुमान छ । यथेष्ट प्रमाण दिन नसक्नुले उनी परिबन्धमा परेकी छन् ।

कुवेतमै काम गरेकी एक महिलाले सहकर्मीसँग अवैध सम्बन्ध राख्दा भएको बच्चालाई फ्याँक्ने क्रममा पक्राउ गरी जेलमा राखिएको छ । अपराध लुकाउनका लागि जन्मिएको शिशुलाई उनले फोहोरमा फ्याँकेकी थिइन् । उनको त्यो बच्चा रहरको सम्बन्धबाट भएको थियो । त्यहि अपराधमा उनी कुबेती जेलमा छिन् ।

तीन बर्ष अघि मात्र घरेलु कामदारका रुपमा कुवेत पुगेकी एक युवतीले बाथरुममा बच्चा पोको पारेर राखेको फेला परेपछि प्रहरीको फन्दामा परिन् । अस्पतालमा चिकित्सकले परीक्षणपश्चात् गर्भपतनको कारणले अत्यधिक रक्तश्राव भएको प्रमाणित भएपछि उनी बसेको घरमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले उनी कार्यरत घरको खानतलासी गर्दा बाथरुममा ब्लांकेटमा पोको पारेको अवस्थामा बच्चाको शव भेट्टीएको थियो । उनले कुबेती प्रहरीसामु आफ्नो अपराध कबुल गरेकी थिइन् ।

त्यसैगरी कुबेतको कुरैइन क्षेत्रको एक घरको छतमा नवजात शिशुको शव भेटिएको थियो । प्रहरीले त्यस घरमा काम गर्ने घरेलु कामदारमाथि अनुसन्धान गर्दा नेपाली महिला कामदारले आफ्नो अपराध कबुल गरिछन् । उनले प्रहरीलाई नेपालमा केटा साथी भएको र गर्भ पनि उसैको भएको बयान दिएकी थिइन् । उनी नेपालबाट आउँदा नै गर्भवती भएकी तर घरमा कसैलाई पनि नभनी महिना पुगेपछि घरको छतमा बच्चा जन्माई त्यहीं छोडिछन् र पछि बच्चा मृत अवस्थामा फेला परेछ ।

कुबेतकै मुवारक अल कबिर इलाकाको सार्वजनिक स्थलमा एकाबिहानै एउटा नवजात शिशुको शव भेटिएपछि दिनभर नै खैलाबैला मच्चिएको थियो । प्रहरीले त्यस इलाकामा काम गर्ने घरेलु महिला कामदारमाथि शंका गरी अनुसन्धान सुरु गर्दा नेपाली महिला घरेलु कामदारले आफ्नो अपराध स्वीकार गरिन् ।

उनले आफू काम गर्ने घरको बाथरुममा बच्चा जन्माएको र ब्यागमा हाली सार्वजनिक स्थलमा लगेर फ्याँकेकी रहिछन् । उनले पहिला पनि कुबेतमा काम गरिसकेकी र नेपाल फर्किन लाग्दा एयरपोर्ट जाँदै गर्दा ट्याक्सी ड्राइभरले बलात्कार गरेको कारणबाट गर्भ रहेको बयान कुबेती प्रहरीसमक्ष दिएकी छन् । हाल उनी पनि प्रहरी हिरासतमा नै छिन् ।

एक तामाङ महिलाले कुबेतीको घरमा बच्चा जन्माइन् । कुबेतका पत्रिकाहरूले कुबेती साहुको छोराको बच्चा भएको भनी समाचार प्रकाशित गरे र दूतावासले पनि साहुको छोरामाथि मुद्दा दायर गरेको थियो । तर डीएनए परीक्षणको रिपोर्टले कुबेतीको छोरा निर्दोष भएको प्रमाणित भयो । त्यो बच्चा उनको नेपालको केटा साथीको रहेछ । उनी कुबेत आउँदा नै गर्भवती भइसकेकी रहिछन् र कुबेतीको छोराले उनलाई जबर्जस्ती भने गरेको रहेछ ।

कुबेतलगायतका खाडी मुलुकमा रहेका नेपाली घरेलु कामदारलाई भगाएर आफुसँग राख्ने र यौन सम्बन्ध कायम राख्नेको संख्या अहिले बढ्न थालेको छ । माथि उल्लेख गरिएको भिडियोको सन्दर्भ यसको उदाहरण हो । कतिपय नेपाली महिलाले सकभर नेपाली नत्र बंगलादेशी, भारतीय, पाकिस्तानी युवासँग सम्बन्ध राख्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

एक जोडीले अवैध रूपमा बच्चा जन्माई विदेशीलाई ३० केडी (९० हजार रुपैयाँ) मा बेचेको घटना पनि सनसनी भएको थियो । यस्ता घटना कुवेतलगायत ओमन, जोर्डन, कतारमा पनि हुने गरेका छन् । जसका कारण नेपाली महिलाले त्यहाँका जेलमा नारकीय जीवन बिताउन परेको छ ।

चेलीहरू अशिक्षा, चेतना एवं असावधानीको कारणले यस्ता आपराधिक घटनामा संलग्न हुने गरेका छन् । कतिपयले जोसमा होस गुमाउँदा पनि विदेशी भुमिमा दुख पाइरहेका छन् ।

श्रम सहचारीहरू र वैदेशिक रोजगारसम्बन्धी जानकारहरूले यस्ता घटनाको न्युनिकरण गर्नका लागि रोजगारीमा आउने चुनौति र गल्तीका सम्बन्धमा राम्रो ज्ञान दिनुपर्ने सुझाव दिएका छन् । धेरै नेपाली महिलाहरू बलात्कारको शिकार हुँदा पनि यस्ता घटनाले उनीहरूको पीडालाई सहानुभुति दिने भन्दा शंकाको दृष्टिले हेर्ने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: