Todays Nepal
No1 Nepal's Complete News Sites

यसरी गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि भारतको ‘रअ’ पछिपछि !

8,775

पछिल्लो केही वर्षको तुलनामा नेपालमा चिनियाँ गतिबिधि बढ्दै गएको एक अध्ययनले देखाएको छ । केही बर्षदेखि बिशेषगरी २००८ को बेइजिङ ओलम्पिकको बेलामा नेपामा रहेका तिब्बती शरणार्थीहरूले आन्दोलन गर्नुका साथै सन् २००८ को मई १४ मा तिब्बतको राजधानी ल्हासामा दंगा भड्किदा सयौंको ज्यान गएको थियो । सो दंगामा नेपालबाट तिब्बती शरणार्थीको समेत घुसपैठ भएको देखिएको थियो । त्यसपछि चीनले नयाँ रणनीतिका साथ नेपालमा हुने चीन बिरोधी गतिबिधि र नेपाल रहेर चीन सम्बन्धी सूचना संकलन गर्ने बिभिन्न देशका जासुसी संयन्त्र बिशेष गरी भारतीय जासुसी सस्था ‘रअ’ र अमेरिकी जासुसी सस्था सिआईएको गतिबिधिको सूचना सकलन गर्नाका लागि चीन सरकार सबैभन्दा शाक्तिशाली जासुसी सयन्त्र गुप्तचरी निकाय एमएसएसका अधिकारीहरूलाई नेपाल र नेपाली सिमानाहरूमा ब्यापक मात्रमा परिचालन गरेको स्रोतको दावी छ ।

भारतसंग पछिल्लो पटक भएको डोकलाम विवादपछि त नेपालमा चीनको गतिबिधि झनै बढ्दै गएको देखिएको छ । चीनको गुप्तचर निकाय मिनिस्ट्री अफ स्टेट सेफ्टी (एमएसएस) को स्थापना सन् १९८३ मा भएको हो । यसको काम काउन्टर इन्टेलिजेन्स अपरेशन र विदेशी गुप्तचर निकायको गप्तचरी गर्नु पनि हो । नेपालमा बिभिन्न किसिमका छद्मभेषमा काठमाडांैको ठमेल, दरबारमार्ग, बौद्धलगायतका क्षेत्रमा हाल सयौंको संख्यामा चिनियाँ जासुसहरू काम गरिरहेको स्रँेतको दावी छ भने तिनका सयांै नेपाली एजेन्टहरूले समेत काम गरिरहेको र नेपालस्थित भारतीय जासुस संस्था ‘रअ’ का एजेन्टहरू चाहिं चिनिया गुप्तचरको पछिपछि कुद्दै हैरान भएका छन् ।

बिदेशी जासुसहरूको क्रिडास्थल नेपालमा भारत, चीन र अमेरिकालगायतका गुप्तचर निकायका हजारौं एजेन्टहरूले गुप्तचरी गरिरहेको जगजाहेर बिषय हो । नेपालमा विदेशीमाथि निगरानी गर्ने निकाय प्रभावकारी नहुँदा बिदेशी जासुसी गतिबिधि बढेको सुरक्षाविद्हरू टिप्पणी गर्दछन् । बिदेशी गुप्तचर अधिकारीहरू र तिनका एजेन्टहरू नेपालमा बसेर दक्षिण एसियाकै सूचना संकलन गरिरहेका हुन्छन् । त्यस्ता निकायको नेपालमा कडाई नहुँदा बिदेशी गुप्तचरहरूले नेपाललाई गुप्तचरीको उर्भरभूमि देखेका छन् । दक्षिण दक्षिण एसिया हेर्नेगरी नेपालमा सबैभन्दा ठूलो राजदूताबास बनाएको अमेरिकाले नेपालस्थित राजदूताबासबाट दक्षिण एसियाकै सूचना संकलनदेखि सूचना विश्लेषणको काम गर्ने गरेको दावी गरिन्छ । भारत र अमेरिकी गुप्तचर अधिकारीहरूले नेपालमा खुलमखुला गतिबिधि गर्दै आएका छन् । नेपालको राजनीतिक गतिबिधिमा समेत चासो दिने गरेका छन् । सरकार बनाउने गिराउने र पार्टीहरू फुटाउने र जुटाउने खेलमा समेत संलग्न भएको कयौं पटक खुलासा भैसकेको छ । (२०७५ जेठ २१ गतेको साँघु साप्ताहिकबाट)

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: