Todays Nepal
No1 Nepal's Complete News Sites

यहाँ जागिर पाउन मालिकसंग गर्नुपर्छ डेट, मासिक तलब कम्तीमा ८६ लाख !

8,703

जागिर पाउनका लागि मानिसहरु राम्रोसँग पढ्छन् । यसका लागि अन्तर्वार्तामा पनि मेहनत गर्छन् । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ ।

अमेरिकाको डेटिङ एप ‘हिंज’ ले जागिरको आवेदन निकालेको हो जसको मासिक तलब ८० हजार देखि १ लाख डलर (८६ लाखदेखि १ करोड ७ लाख रुपैयाँ) तोकेको छ । यो कम्पनीले कर्मचारीलाई रेष्टुरेन्ट र बारको भत्तासमेत उपलब्ध गराउँछ ।

यो कम्पनीमा जागिर पाउनका लागि उम्मेद्वारले मालिकसँग डेटमा जानुपर्छ र मालिकलाई कम्पनीको बिजनेस गरेरै देखाउने विश्वास दिलाउनुपर्छ ।

मिडिया रिपोर्ट अनुसार कम्पनीले एन्टी रिटेन्शन स्पेशलिष्ट पदका लागि जागिर खुलाएको हो जुन रिलेशनशिप एक्सपर्ट जस्तै हो । यो पदमा बसेर व्यक्तिले समस्याको हल निकाल्ने, डेट फिक्स गराउने, डेटका लागि लोकेशन खोज्ने, कुराकानी गराउनेजस्ता काम गर्नुपर्ने हुन्छ ।

हिंजका कम्युनिकेशन डाइरेक्टर जीन मेरी मेग्राथले भने, ‘हामी बोल्नुको साटो काम गरेर देखाउने कुरामा विश्वास गर्छौं । जो डेटमा सफल हुन्छन् उनीहरुको तलब ८० हजारदेखि १ लाख डलरसम्म हुनेछ । साथै, रेष्टुरेन्ट र बार अलाउन्स पनि दिइनेछ ।’

कम्पनीले यस्तो यसकारण गरिरहेको छ ताकि मानिसहरु एप बाहिर आएर मानिसहरुसँग भेट्ने कुरामा विश्वास गरुन् । यो एपको प्रतिस्पर्धा टिन्डर, बंबल र फेसबुकसँग छ । डेटिङको मामलामा यो एप तीब्र रुपमा अघि बढिरहेको छ यसकारण कम्पनीले यो पदका लागि आवेदन खुलाएको हो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: