Todays Nepal
No1 Nepal's Complete News Sites

नम्रताले के भनिन् आफ्नो चरित्र बारे ? पढ्नुहोस्

8,771

नम्रता श्रेष्ठको चरित्रका बारे के थाहा छ ? हामीले उनको व्यक्तिगत कुरा गर्न खोजेका होइनौं । हामी हाल छायांकन भैरहेको चलचित्र ‘जायरा’ तथा वैशाखको अन्तिमतिर फ्लोरमा जाने चलचित्र ‘प्रसाद’ मा नम्रताले निर्वाह गर्ने चरित्रका बारेमा कुरा गर्दैछौं ।
यी सुन्दर अभिनेत्री ‘पर्व’ पछि अन्य कुनै चलचित्रमा देखिएकी छैनन् ।

नम्रताले जायरामा बक्सरको भूमिका निर्वाह गरिरहेकी छिन् भने दिनेश राउतको प्रसादमा निसन्तान महिलाको भूमिका ।

हालै पत्रकारसँग भएको साक्षात्कारमा नम्रतासँग सोधिएको थियो, ‘एकैपटक दुईवटा चलचित्रमा काम गर्दा असहज हँुदैन ?’ नम्रताले भनेकी छिन्, ‘मैले एकैपटक दुईवटा चलचित्रमा काम गर्न लागेकी होइन, जायराको छायांकन सकेपछि मात्र प्रसादमा काम गर्नेछु । यसले मलाई कुनै पनि रूपमा असहज बनाउने छैन ।’

नम्रता श्रेष्ठ,स्पोर्टी लुक्समा

काठमाडौं । लभस्टोरी जनराका फिल्ममा देखिँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाँ चलचित्र ’जाइरा’मा भने विल्कुलै फरक अवतारमा देख्न पाइने भएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको यो चलचित्रमा उनी एक मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदै छिन् ।

नेपाली चलचित्र क्षेत्रमा आफ्नो सौन्दर्य र फिटनेशका कारण लोकप्रि रहँदै आएकी नम्रता श्रेष्ठ अभिनयमा पनि उत्तिकै अब्बल छिन् । साथै चलचित्र जाइरामार्फत उनले आफू कामप्रति समर्पित पनि छिन् भन्ने प्रष्ट पारेकी छिन्

किनभने यस चलचित्रका लागि उनले आफ्नो लोभलाग्दो कपाल छोट्याएकी छिन् । कपाल काटेर स्पोर्टी गेटअपमा कार्यक्रमस्थलमा उपस्थित भएकी अभिनेत्रीलाई सजिलै चिन्न गाह्रो पथ्र्यो ।

यस चलचित्रका लागि अभिनेत्री श्रेष्ठले आफ्नो तौल ५१ किलोबाट घटाएर ४३ केजी बनाएकी छिन् भने आफ्नो लोभलाग्दो कपाल समेत छोट्याएकी छिन् । कार्यक्रममा नम्रताले सबै कुरा स्वभाविक देखियोस् भनेर तौल घटाउनुको साथै कपाल पनि कटाएको बताइन् । खेलाडीको भूमिकालाई न्याय दिलाउन ६ महिना एक्सन सिकेको जानकारी दिइन् ।

चलचित्रको निर्देशन आशुतोष राज श्रेष्ठले गरेका छन् । एक्सन जनरामा निर्माण भएको चलचित्र ’जाइरा’ आगामी मंसिर १४ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: