Todays Nepal
No1 Nepal's Complete News Sites

आफ्नै निवासमा बोलाएर गृहमन्त्री बादललाई ‘किन सिंघम बन्न खोजेको?’ भन्दै प्रचण्डले हप्काएपछी…

8,821

ठेकेदारहरूलाई कारबाही गर्ने भन्दै सूची तयार पारेर कारबाही थालेपछि धेरै शीर्ष नेताहरू तर्सिएका छन् ।

त्यति मात्रै होइन, गृहमन्त्री थापालाई नेताहरूले ठग ठेकेदारहरूलाई कारबाही नगर्न दवाव दिन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री थापालाई आफ्नै निवास खुमलटारमा बोलाएर ‘ठेकेदार शारदा अधिकारीलाई किन कारबाहीको सूचीमा राखेको ?’ भन्दै हप्काएका हुन् ।

स्रोतले भन्यो, ‘प्रचण्डज्यूले गृहमन्त्रीलाई बोलाएर सिंघम बन्न लागेको भन्दै ठेकेदार शारदा अधिकारीलाई कुनै पनि प्रकारको दवाव वा कारबाही नगर्न निर्देशन दिनुभएको छ ।’

गृहमन्त्री थापाले काठमाडौंको कलंकी–नागढुंगा सडकसहितका आयोजनाहरू ओगटेर काममा ढिलाइ गरिरहेका शैलुङ कन्ट्रक्सनका मालिक एवम् ठेकेदार अधिकारीलाई कारबाही गर्ने तयारी गरेपछि ‘प्रचण्ड’ले आक्रोशित भएका हुन् ।

‘तपाई पहिला रक्षामन्त्री हुँदा प्रधासेनापतिलाई नचलाउनुस् भन्दा मान्नुभएन । अन्टसन्ट काम गर्नुभयो । अहिलेफेरि शारदा अधिकारीलाई चलाउन थाल्नु भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सिंघम बन्ने तयारीमा हुनुहुन्छ है ? अफ्ठेरो पर्ला है !’

गृहमन्त्री थापाले कामचोर ठेकेदारहरूको सूची तयार पारेर पक्राउ गर्नुका साथै कारबाही थालेपछि जनसमर्थन बढेको थियो । तर, राजनीतिक संरक्षणमा रहेका ठेकेदारहरूले गृहमन्त्री थापाको कार्यशैलीलाई रुचाएका छैनन् ।

अध्यक्ष दाहाल उनै ठेकेदार अधिकारीले उपलब्ध गराएको घरमा बस्दै आएका छन् । दाहाल बस्ने खुमलटार, ललितपुरको घर उनै ठेकेदार अधिकारीले दिएका हुन् ।

त्यति मात्रै होइन, ललितपुर मानभवनमा रहेको ठेकेदार अधिकारीको घरमा तत्कालीन एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्ने गरेको थियो ।

जनप्रतिनिधिलाई दु:खद खबर, लालबाबुले चाले यस्तो कडा कदम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको छ । जनप्रतिनिधिहरू आफूखुसी गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्चमा हप्तैपिच्छे विदेश भ्रमणमा जान थालेपछि मन्त्रालयले रोक लगाएको हो ।

संघीय मामिलामन्त्री लालबाबु पण्डितले विदेशमा हुने स–साना कार्यक्रममा पनि जनप्रतिनिधिको ओइरो लाग्न थालेपछि भ्रमणमा रोक लगाइएको बताए ।

‘कामै छाडेर विदेशतिर ध्यान दिन थालेकाले भ्रमणसम्बन्धी कार्यविधि नबनुञ्जेल कसैलाई पनि अनुमति दिएको छैन,’ पण्डितले भने, ‘उनीहरू आफ्नो काममा प्रतिबद्ध होऊन् भन्ने पनि हो ।’ स्थानीय तहका प्रतिनिधिको विदेश भ्रमणसम्बन्धी कार्यविधि सामान्य प्रशासन मन्त्रालयले राय–सुझावका लागि कानुन र परराष्ट्र मन्त्रालयमा पेस गरेको छ, कान्तिपुर दैनिकले खबर छापेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: