Todays Nepal
No1 Nepal's Complete News Sites

विमानमा चढे यस्ता व्यक्ति, आफू नचली यात्रीहरुलाई बनाए बेहोस, स्टाफले यसरी बचाए ज्यान

8,753

विमानको आकस्मिक अवतरण तबसम्म हुँदैन जब विमानका कुनै प्राविधिक गडबडी छैन वा मौसम खराब छैन । यहाँसम्म कि विमान उडिरहेका बेला विमानमा कसैको मृत्यु भएमा पनि विमानको आकस्मिक अवतरण हुँदैन । तर हालै एक विमानलाई यसकारण आपतकालीन अवतरण गर्नुपर्यो किनकि त्यसमा सवार एक व्यक्तिको शरीरबाट ज्यानै लिने दुर्गन्ध आइरहेको थियो ।

ट्रान्सेभिया एयरलाइन्सको विमान ७३७ ले नृदरल्याण्डको शिपोल विमानस्थलबाट उडान भरेको थियो । विमान स्पेनको ग्राण्ड केनेरिया जाँदै थियो । तर, उडान भरेको २ घण्टासम्ममा विमानका यात्रुको हालत यतिसम्म बिग्रियो कि पोर्चुगलको फारगो शहरमा आकस्मिक अवतरण गर्नुपर्यो । विमानमा बसेका एक यात्रुको शरीरबाट आएको दुर्घन्धका कारण कैयौं यात्रुले बान्ता गर्न थाले । केही यात्रु बेहोस भए ।

विमानभित्र दुर्गन्ध यतिसम्म फैलिएको थियो कि फ्लाइट स्टाफले कुनै यात्रुलाई खाना पनि दिन सकेनन् । हालतलाई नियन्त्रणमा लिन स्टाफले ती यात्रुलाई शौचालयमा बन्द गरिदिए । पाइलटले विमानको रुट डाइभर्ट गरी विमानलाई आकस्मिक अवतरण गराए । एयरपोर्टमा ती यात्रुलाई ग्राउण्ड स्टाफले मेडिकल जाँचको लागि लिएर गए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: