Todays Nepal
No1 Nepal's Complete News Sites

यी हिरोइन : पहिले ‘जिरो फिगर’, अहिले ‘विकिनी बडी’

8,761

अभिनेत्री बर्षा सिवाकोटी विकिनी बडी सेपका लागि जिममा केही समय व्यस्त भइन् । उनको सोच विकिनी लगाएर समुद्री किनारमा रमाउने नभए पनि शरीरको सेपचाहीँ विकिनी फिट नै बनाउने थियो । अहिले तौल घटाएर उनी शरिरको मेन्टेन गरिरहेकी छन् ।

प्रायः अभिनेत्रीहरूले फिल्ममा आफ्नो शरीर राम्रो देखाउनका लागि जिमखाना जाने गरेका छन् । शरीर राम्रो भए मात्र फिल्ममा पनि फिट, चर्चामा पनि हिट भइन्छ भन्ने उनीहरू ठान्दछन् । व्यावसायीक फिल्म, म्युजिक भिडियोको अभिनयका लागि यस्तो मिहेनत गर्नुपरेका अभिनेत्रीहरू बताउँछन् ।

त्यसो त फिल्म क्षेत्रमा युवतीका शरीर कस्तो बनाउने भन्ने चर्चा विभिन्न हिसाबले चल्ने गरेको छ । दुव्लाएर राम्रो देखिने यो दौडमा पहिले ‘जिरो फिगर सेप’ चलेको थियो । बलिउड अभिनेत्री करिना कपुरका नाममा चलेको जिरो फिगर लामो समयसम्म विभिन्न देशका अभिनेत्रीहरूको दिमागमा पसेको थियो ।

शरीरको तौल अधिक बढेको र मोटोपनलाई नियन्त्रण गर्नकै लागि अभिनेत्री केकी अधिकारीले पनि विकिनी सेपका लागि जिम हल नरोजेकी होइनन् । महाराजगञ्जको एक जिम खानामा केही वर्षदेखि उनी नियमित जिममा जाने गरेकी छन् । उनले भनेकी छन्,‘मोटी भएका कारण आलोचना बढ्यो अनि शरीरको सेप मिलाउन जिम खाना आउन थालेकी हुँ ।’

अभिनेत्रीहरूमात्र होइन, मोडलदेखि आम साधारण पनि अहिले जिम खानातिर आकर्षित भएका छन् । खासगरी महिलाहरूले शरीरलाई तन्दुरुस्त राख्न र सँधै आकर्षक देखिनका लागि ‘विकिनी बडी’ व्यायाममा ध्यान दिन थालेका छन् । कतिपयले शरीरलाई सुन्दर देखाउने यो अभ्यासका क्रममा योगा समेत गर्दै आएका छन् ।

अभिनेत्री प्रियंका कार्की पनि जिममा व्यस्त हुने गरेकी छन् । विदेशमा कार्यक्रम नपरेको बेला उनी नियमित व्यायाममा सक्रिय हुनुको कारण पनि त्यहि हो– विकिनी बडी । विकिनी लगाएर अभिनय गर्ने प्रियंका चल्नुको कारण पनि उनले अभिनयसँगै शरिर फिट राख्नु भएको बताइन्छ ।

के हो विकिनी बडी ?
खासगरी शरीरको तौल घटाएर स्वस्थ्य रहँदै सुन्दर देखिने व्यायामको नाम हो– विकिनी बडी व्यायाम । पौडी खेल्दा लगाउने ‘स्विमसुट’ र विकिनी राम्रोसँग फिट बनाउनका लागि यस्तो व्यायाम गरिन्छ ।

भद्दा शरीरबाट फिट हुनका लागि ४ हप्ताको कडा मिहेनतसहितको जिम गरे शरीरको सेप बनाउन सकिने बताइएको छ । शारीरिक सुगठन क्षेत्रका परामर्शदाताहरू भन्छन्,‘यो एउटा सुन्दर देखिने कठोर व्यायाम हो ।’

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: