Todays Nepal
No1 Nepal's Complete News Sites

किन पिटे सलमानले रणवीरलाई ?

8,927

बलिउड अभिनेता सलमान खानसँग नाम जोडिएका थुप्रै अभिनेत्रीहरु रहेका छन् । उनीसँग नाम जोडिएको विशेष नाम हो कैटरिना । उनको नाम सलमानसँग निकै लामो समय जोडियो तर एकाएक कैटरिना रणबीर कपुरसँग प्रेममा रहेको खुलासा भएपछि यसकै सवालमा सलमान र रणवीर बिच तानातान समेत भएको थियो ।

कैटरिनाको विषयलाई लिएर सलमानले रणवीरलाई पिटेका पनि थिए । घटना रणबीरले ‘सावरिया’ बाट डेब्यु गर्ने तयारीमा रहेको समय थियो । मुम्बईको एक चर्चित क्लबमा चलिरहेको पार्टीमा सलमान र रणवीर दुबै थिए र दुबै जना आफनो आफनो धुनमा मस्त थिए ।

तर एकाएक सलमान र रणवीरबीच वाक युद्ध चल्यो । रणवीरले केही अपशब्द बोलेपछि नसामा चुर बनेका सलमानले रणवीरलार्इ थप्पड हानेका थिए । घटनापछि रणवीर लाजले शिर निहुराउँदै क्लबबाट निस्किएका थिए । उक्त घटना सलमानको बुवाले थाहा पाएपछि उनले रणवीरको बुबा ऋषि कपुरसँग कुराकानी गरे र समस्या समाधान गरे ।

तर ऋषि कपुर निकै आक्रोसित भएका थिए । रणवीरलाई थप्पड हानेपछि सलमानले ऋषि कपुरसँग माफी मागे । यसरी दुई परिवारबीच सम्बन्ध सुधार त भयो तर त्यहाँबाट अहिले सम्म पनि सलमान र रणवीरबीच खासै बोलचाल भने छैन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: