Todays Nepal
No1 Nepal's Complete News Sites

श्रीमान विदेशमा भएको मौकापारी प्रेमीसँग कोठामा मस्ती गर्दागर्दै सासूससुराले देखेर बाहिरबाट चुकुल लगाइदिएपछि…

8,951

श्रीमान विदेशमा भएकी महिलालाई लुकीलुकी भेट्न जाने उनका प्रेमी प्रहरीको फन्दामा परेका छन् । ती महिलालाई उनकै घरमा भेट्न गएका प्रेमीलाई महिलाका सासुससुराले देखेपछि उनी पक्राउ परेका हुन् । ती युवकलाई आफ्नी बुहारीसँग यसरी नभेट्न सासुससुराले पहिलेदेखि नै चेतावनी दिँदा पनि युवकले नमानेपछि सासुससुराले प्रहरी बोलाएका हुन् ।

ती महिलाका श्रीमान विदेशमा छन् । ती महिलाले सासु ससुराले विरोध गर्दा पनि प्रेमीलाई लुकिछिपी भेट्न बोलाउँथिन् । आइतबार पनि ती महिलाले प्रेमीलाई घरमै भेट्न बोलाएकी थिइन् । तर, उनले प्रेमीलाई बोलाएको उनका सासुससुराले थाहा पाए । त्यसपछि प्रेमी बुहारीको कोठाभित्र जानासाथ सासुससुराले बाहिरबाट चुकुल लगाइदिए ।ससुराले तत्काल प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिए ।

बुहारीले भने आफू फस्ने डरले प्रेमीलाई यस्तो ठाउँमा लुकाइन् कि प्रहरीलाई पनि भेट्न हम्मे हम्मे पर्यो । प्रहरीले घरमा आएर कोठाको कुनाकाप्चा सबैतिर खोज्दा पनि प्रेमी फेला नपरेपछि हैरान भए । महिलाले प्रेमीलाई टिनको बाकसमा बन्द गरेर बाहिरबाट ताला लगाएकी थिइन् । अन्ततः शंकाको आधारमा प्रहरीले बाकसको ताला फोडेपछि भने प्रेमी भेटिए । प्रहरीले उनलाई पक्राउ गरेको छ । घटना भारतको उत्तर प्रदेश उन्नावको हो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: