Todays Nepal
No1 Nepal's Complete News Sites

घोडाको इन्जेक्सन दिएर ६ वर्षीया बालिकाको तीन पटक बलात्कार पछी घाँटी रेटी हत्या

8,755

पूर्वमन्त्री निर्मल सिंहको फार्म हाउसमा ६ वर्षकी बालिकामाथि बलात्कार र हत्याको घटना सार्वजनिक भएको छ ।

प्राप्त सूचनाका अनुसार आरोपी देवी सिंहले सोधपुछका क्रममा उनले बालिकालाई घोडालाई दिइने सुई लगाइदिएका थिए । त्यसपछि उनले रक्सी पिएर बालिकालाई बलात्कार गरेको र गला रेटेर हत्या गरेको बताइएको छ ।

आरोपी देवी सिंहले बालिकालाई तीनपटक बलात्कार गरेको पुलिसलाई जानकारी दिए । देवीले भने, ‘सुरुमा मलाई लाग्यो कि सूईको हेभी डोजका कारण बालिकाको मृत्यु भयो तर उनी बिस्तारै होसमा आउन थालेपछि मैले गला काटेर हत्या गरिदिएँ ।’

बालिकाको हत्या गरेपछि उनी आफ्नो काममा फर्किए र अचम्मको व्यवहार गर्न थालेको बताइएको छ । आरोपी देवीलाई निर्मल सिंहले भेटनरीको सहायकको रुपमा आफ्नो फार्म हाउसमा जागिर दिएका थिए ।

उनलाई पुलिसले बुधबार पक्राउ गरेको थियो । टाइम्स न्यूज नेटवर्क-एजेन्सी

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: