Todays Nepal
No1 Nepal's Complete News Sites

यस्तो आयो जापानमा विदेशी कामदार बढाउने जापानीज सरकारको योजना

8,848

जापानी प्रधानमन्त्री सिञ्जो आवेले थप विदेशी कामदारलाई जापान आउने अनुमति दिने योजना बनाएको बताएका छन् । जापानमा पछिल्लो समय भइरहेको श्रम अभावको भरपाई गर्न आवेले यस्तो योजना ल्याएका हुन् । यही जुन ५ तारिक सो नीतिको ड्राफ्ट समेत सार्वजनिक गरिएको छ । सरकारले आगामी अप्रिलसम्ममा निर्माण, कृषि तथा नर्सिङ लगायतका पाँच ओटा विभिन्न क्षेत्रमा नयाँ प्रकारको वर्क पर्मिट ल्याउने तयारी गरेको हो । जापानले सन् २०२५ सम्म ५ लाख भन्दा बढीको सङ्ख्यामा विदेशी कामदार आकर्षित गर्ने योजना रहेको बताइन्छ । यद्यपि, यसका लागि भाषा कार्यक्रम तथा अन्य उपायका कदम भने चाल्न आवश्यक नै रहेको छ । यसका साथै जापानले प्राय गरेर कामको अनुमति नपाउने गरेका अक्षम श्रमिकका लागि पनि ढोका खुला गर्ने बताइएको छ । कुन देशका कामदारहरु कति संख्यामा ल्याउने भन्ने कुरा भने खुलाइएको छैन ।

जापानका ठूला शहर बाहिरका क्षेत्रमा रहेका साना व्यवसायमा श्रम अभाव हुन थालेको छ । यसै महिना संसदमा पेश हुने आधारभूत आर्थिक तथा वित्तिय नीतिमा नयाँ वर्क पर्मिटसम्बन्धी योजनामा समावेश गर्ने सरकारको योजना छ । यो योजना अनुसार विदेशी कामदारले दुई ओटा तरिकाबाट नयाँ वर्क पर्मिट पाउन सक्छन् । पहिलो, उपाय हो पाँच वर्षसम्म चल्ने टेक्निल इन्टर्न ट्रेनिङ प्रोग्राम सकाउने । यसमा प्रशिक्षणमा सहभागिहरुले प्रशिक्षण सकाएर घर जान त पाउँछन् तर उनीहरुले हासिल गरेको कौशल जापानमै काम लागोस् भन्ने चाहना सरकारको रहेका कारण यस्तो हुन सक्ने सम्भावना हाललाई चाहिँ कम नै छ । प्राविधिक तथा जापानी कौशलबारेको परिक्षा उतिर्ण गर्ने चाहिँ अर्को उपाय हो ।

गत वर्षको अक्टोबरसम्ममा जापानमा ६ करोड ६० लाखको सङ्ख्यामा श्रमशक्ति रहेको र यसमा विदेशी कामदारको हिस्सा १२ लाख ७० हजार रहेको थियो । चालु आवदेखि आव २०४० सम्म जापानको काम गर्ने उमेर समूह अर्थात १५ देखि ६४ वर्ष उमेर समूहका जनसङ्ख्या डेढ करोडले घट्ने अनुमान गरिएको छ । नयाँ नीति लागू भएसंगै बिदेशी कामदारको मामिलामा ठूलो परिवर्तन आउने जापानको श्रम बजारका विश्लेषहरु बताउँदछन् ।

विदेशी कामदारहरु भित्राउने नीति लिइरहँदा जापानमै रहेका विदेशीहरुसंग सम्बन्धित थुप्रै समस्या तथा चुनैतीहरुको समाधान पनि संगै सोच्नु आवश्यक रहेको जानकारहरु बताउँदछन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: