Todays Nepal
No1 Nepal's Complete News Sites

तोकिएको भाकामा गाई किनेको पैसा तिर्न नसकेपछि हात बाँधेर नाङ्गै पारेर लखेटियो

8,753

रामेछापमा एक किसानमाथि भएको अमानविय दुर्व्यवहार र कुटपीट गुपचुप बनाउने प्रयास भएको छ ।

केहि दिनअघि लिखु तामाकोसी गाउँपालिकास्थित शैपुका किसानले दुरागाउँका मेघनाथ पौडलसँग तीन महिनाअघि गाई भाकामा किनेर लगेको तर तोकिएको भाकामा तिर्न नसकेपछि गाई नै फिर्ता लगिदिँदा कुटपीट र दुर्व्यवहार भएको एक स्थानीयले जानकारी दिए ।

स्थानीयका अनुसार घिमिरे थरका पीडितलाई गाई धनी मेघनाथ पौडेल र केहि छिमेकी समेत मिलेर हात बाँधेर नाङ्गै बनाई कुटपीट गरेका हुन् । हात बाधेँर निर्वस्त्र बनाइ कुटिएका उनी बल्लतल्ल उम्किएर ज्यान जोगाउन सफल भएका थिए ।

गाईको पैसा तिर्ने भाका नाघेसँगै मेघनाथले पैसा तिर्न ताकेता गर्न थालेपछि पीडितले भूकम्प लाभग्राहीको दोस्रो किस्ता आएपछि तिर्ने बताएका थिए । तर, त्यतिबेलासम्म पर्खिन नसक्ने भन्दै तुरुन्त गाई नै फिर्ता ल्याइदिन मेघनाथले भनेका थिए । गाई लगेर धनीलाई बुझाएसँगै आक्रोशमा आएका मेघनाथसहितले नाङ्गै बनाउँदै कुटपिट र बेइज्जत गर्ने काम गरेको बताइएको छ ।

यसबारे पीडित किसानले गाउँपालिका अन्तर्गतको वडा नम्बर १ मा उजुरी दिएकोमा काम विशेषले वडाध्यक्ष बाहिर रहेकाले अरु पदाधिकारीले भद्रभलाद्मीसहित बसेर मिलापत्र गराएको स्थानीयको भनाई छ ।

एउटा सामान्य गाई खरिदको विषयमा कुटपीट र दुर्व्यवहार भएको विषयलाई जनप्रतिनिधिकै रोहबरमा गुपचुप बनाइएपछि पीडित अहिले निराश बनेका छन् ।

यसबारे न त जिल्ला प्रहरीलाई जानकारी छ न त इलाकासम्म नै उजुरी पुगेका छ । पीडक र स्थानीय भद्रभलाद्मीको दवावका कारण प्रशासनसम्म उजुरी नपुगेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले अहिलेसम्म घटनबारे कुनै जानकारी नआएको भन्दै घटनाबारे अनभिज्ञता नजायो । यस्तै लिखु–तामाकोसी गाउँपालिका समेत हेर्ने सिरिसे प्रहरी चौकीका हवल्दार परमेश्वर यादवले पनि आफूलाई घटनाबारे कुनै जानकारी नभएको र उजुरी पनि नपरेको बताए ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: