Todays Nepal
No1 Nepal's Complete News Sites

समाजिक सञ्जालमा अश्लील हर्कतको पराकाष्ट अश्लीलताको प्रवेशद्वार ‘बिगो’

9,277

अहिलेको युगमा इन्टरनेटको कारणले विश्व निकै साँगुरो बनेको छ। छिनभरमा संसारको कुनै पनि कुनामा भएको घटना संसारभर एकै क्लिकको भरमा फैलन्छ।

प्रविधिले हामीलाई यतिधेरै सुविधा प्रदान गरेको जसको उपभोग गर्न सेमत हामीले भ्याउदैनौं र जाँदैनौं पनि। इन्टरनेटको अर्को ठूलो सफलता भनेको सामाजिक सञ्जालहरु पनि हुन्। जसमा विश्वभर धेरै प्रयोग हुनेमा फेसबुक पर्छ। त्यसबाहेक पनि अन्य धेरै यस्ता एप्लिकेसन (एप्स) हरु रहेका छन्।

त्यतिमात्र हैन अहिले त विभिन्न सुविधासहित आएका केहि सामाजिक सञ्जाल एप्सहरुमा अश्लीलताले प्रवेश पाएको छ। जसमा अश्लील हर्कत, संवाद र भिडियो च्याट अत्यधिक गर्न थलिएको छ। यसमा हजारौं नेपाली युवायुवतीले पनि निर्वाध रुपमा सक्रिय हुन थालेका छन्।

यस्तै एउटा एप्स हो, बिगो लाईभ जहाँ युवायुवतीहरु लाईभ आएर भिडियो च्याट गर्ने र आफुलाई मन परेको मानिससँग सम्बन्ध स्थापित गर्न सबै जना लागि गरिरहेका हुन्छ। तर, कतिपयले यसै एप्सको माध्यमबाट निकै अश्लिल हर्कत गर्न अश्लिल बोल्ने समेत गर्ने गरेका छन्। त्यहीँ महिलाहरुको हकमा क्लिवेज देखिने गरी कपडा लगाउने र आफ्नो लाइभमा केटाहरुको लर्को लगाउने होड नै चल्छ।

यसरी सामाजिक सञ्जालको दुरुपयोग हुनुक्जो साथै धेरै नेपालीहरु आजभोली सामाजिक संजाल दुर्व्यसनमा फस्ने गरेका छन्।

यस विषयमा जानकारी दिंदै काठमाडौँका एक युवाले जसले जोक्कर जोस नामको बिगो चलाउछन्, उनले भने – छिट्टै मानिसहरु भेटिने, सम्बन्ध छिटो स्थापित पनि हुने र लाइभमा आएर आफ्नो क्षमताहरु देखाएर र छिट्टै नै पपुलर पनि हुन भएकाले कहिलेकाहीँ बिगो च्याट गर्दै आएको छु।’ कहिलेकाहिँ रमाईलो कुरा गर्न पनि मिल्ने र रिस र भडास् पोख्न फोहोर पनि बोल्न पाइन्छ तर छाडा हर्कत गर्न भने आजभोली एप्सले नै दिंदैन, सिधै एकाउन्ट उड्छ’, उनले भने ।

उनका अनुसार केहि समय पहिले यौनजन्य हर्कत गरेर पनि लाईभ गर्ने गरेको पाइन्थ्यो तर आजभोली त्यसो गर्नेको सिधै एकाउन्ट बन्द हुने गरेको छ। बिगोमा एक्ला एकलाई लाइभ बसेर गीत गाउने, जोक्स भन्ने आदि इत्यादि गरेर बस्न पनि सकिने र सामुहिक रुपमा च्याट गर्न सकिने सुविधा पनि रहेको छ। बिगोको विश्वभर फैलिएको यस सञ्जालमा नेपाली, पाकिस्तानी, बंगाली,भारतीयलगायतका देशका मानिसहरुबीच च्याट हुने र अश्लिल कुराकानी हुने गरेको धेरै पाईएको छ ।

त्यसैगरी अरवका देशहरु मा पनि बिगो निकै चर्चित छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: