Todays Nepal
No1 Nepal's Complete News Sites

आइपीएल क्रिकेट: दिल्लीले चेन्नइ सुपरकिंग्स विरुद्ध खेल्ने, सन्दिपले बलिङ कला देखाउँलान ?

9,793

इण्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत आज हुने एकमात्र खेलमा दिल्ली डेयरडेभिल्सले चेन्नइ सुपरकिंग्स विरुद्ध खेल्ने भएको छ ।

आजको खेलमा नेपाली क्रिकेटर सन्दिप लामिछानेले पनि खेल्ने भएका छन्। मे १२ मा विराट कोहलीको रोयल च्यालेन्जर बेंग्लोर विरुद्ध डेब्यू बलिङ गरेर चर्चा बटुलेका सन्दिपले आज महेन्द्र सिंह धोनीको चेन्नइ सुपरकिंग्स विरुद्ध पनि आफ्नो बलिङ कला देखाउने अवसर पाएका छन् । आजको खेलमा सन्दीपले धोनीसँगै शेन वाट्सन र सुरेश रैनाजस्ता खेलाडीसामु बलिङ कला देखाउनेछन् ।

दिल्लीले आज सन्दिपलाई ओपनिङ बलिङमा पठाउने रणनीति अपनाएको छ । दिल्लाीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा नेपाली समय अनुसार साँझ ८ः१५ मा खेल सुरु हुनेछ । सन्दिप आज ब्याटिङ क्रमको नवौं नम्बरमा छन् । दिल्ली डेयरडेभिल्सले अघिल्लो खेलमा सन्दिपसँगै मैदानमा उतारेको जुनियर डालाको भने निश्चित छैन । डाला र लिआम प्लङकेट मध्ये एक जना मैदानमा उत्रनेछन् ।

१२ खेल खेलेको चेन्नईले ८ मा जित र ४ मा हार व्यहोर्दै १६ अंक बनाएको छ भने समान १२ खेलनै खेलेको दिल्लीले भने ३ मा जित र ९ खेलमा हार व्यहोरेको छ। ६ अंक जोडेको दिल्ली प्रतियोगिताबाट बाहिरिसकेको छ। चेन्नई आजको खेल जित्दै शीर्ष २ मा रहदै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा रहनेछ भने दिल्ली यो खेल जित्दै जित संख्या बढाउने सुरमा रहनेछ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: