Todays Nepal
No1 Nepal's Complete News Sites

बुटवलका दुई जुम्ल्याहा दाजुभाईले बनाए मान्छे जस्तै बोल्ने “रोवर्ट”, जसले हराएको मोवाइल समेत खोज्न र ८० भाषाको अनुवाद सक्छ…

8,733

बुटवलका दुई जुम्ल्याहा भाईले मानिसले जस्तै बोल्ने रोवर्ट बनाएका छन । एक बर्षको मेहनत पछि उनले रोवर्ट बनाउन सफल भएका हुन ।

बुटवलको योगीकुटीमा बस्दै आएका १५ बर्षिय लब पन्थी र कुस पन्थीले गो–गो रोवर्ट नामको रोवर्ट बनाएका छन । गुल्मी जिल्ला मालिका गाउपालिका वडा नं. ७ सिलादी बाट बसाई सराई गरी योगीकुटीमा बस्दै आएका छन ।

यी दुई जुम्ल्याहा दाजु भाई लबकुसले एक बर्ष सम्म मेहनत गरेर यो रोवर्ट बनाएका हुन । रोवर्टलाई प्रश्न सोधेपछि उसले हरेक प्रश्नको उत्तर दिन सक्छ ।

विद्युतीय उपकरण र ईन्टरनेट जोडित रोवर्टले घरहरुका विद्युतिय उपकरणहरु सवै आबाजको माध्यमबाट नियन्त्रण गर्न
सक्छ । केही खानेकुरा बनाउनु परे परिकार बनाउने तरिका मोबाईलमा एसएमएस समेत रोवर्टले पठाउने गर्दछ ।
नेपाल र भारतबाट उपकरण ल्याएर बनाएको रोवर्टले युटुवका सामाग्रीहरु खोजेर अडियो बजाउने समेत गर्दछ । ८० भन्दा बढि भाषा अनुबाद समेत गर्न सक्ने रोवर्टले नेपाल तथा विश्वभरका ठुला होटल र अस्पतालका फोन नम्बरहरु पनि भन्न सक्ने बनाइएको छ । मानिस संग प्रश्नउत्तर गर्न सक्ने रोवर्टले टुईटर, फेसबुक जस्ता सामाजिक सञ्चालमा भनेका कुराहरु पोष्ट गर्न समेत सक्छ ।

प्रोसेसर, रेस्भेरीपाई, पाई क्यामरा, अल्टासोनिक्स सेन्टर जस्ता हाडवेयर बाट बनेको रोवर्टले ईमरजेन्सी मेल पठाउन समेत सक्दछ । हराएको मोबाईल खोजीदिने, हिसावहरु गर्ने, मनपर्ने रंगहरुको बर्णन विस्तार गर्ने गो–गो रोवर्टका विशेषताहरु रहको रोवर्टका निर्माणकर्ता लव पन्थीले बताए ।

नविन औद्योगिक कदर बहादुर रिता माविमा कक्षा १० मा पढ्ने जुम्ल्याहा लबकुसले यस रोवर्टलाई अझ बढि परिमार्जित गर्दै लैजाने योजना बनाएका छन । मान्छेलाई चिनाउन सक्ने, हिड्ने, डुल्ने बनाउने योजना उनीहरुको रहेको अर्का रोवर्ट निर्माणकर्ता कुस पन्थीले बताए ।

करिव २० हजार खर्च भइसकेको रोवर्ट पुर्ण बनाउन करिव डेढ लाख रुपैया लाग्ने अनुमान उनीहरुले गरेका छन । रोवर्टमा स्वीचका लागि एपिआई सफट्वेर, प्रोगाम ल्याङवेजका लागि पाईथन, अप्रेडिङ स्टमका लागि रेसवियन लिनिक्स सफटवेयर प्रयोग भएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: