Todays Nepal
No1 Nepal's Complete News Sites

माइकल क्लार्कसँग कुरा गर्दै सन्दीपले भने,’मलाई मैदानमा हेर्ने सबैको चाहना पुरा भएको छ’

9,712

दिल्ली डेयर डेभिल्सविरुद्ध पहिलो खेल खेलेका सन्दीप लामिछानेले खेलपछि आफ्ना मेन्टर माइकल क्लार्कसँग कुराकानी गर्दै आफ्नो खुशी व्यक्त गरका छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा शनिबार डेब्यू गरेका नेपाली युवा बलर सन्दिप लामिछानेले आफ्नो डेभ्यु खेलमा बारेमा क्लार्कसँग कुरा गर्दै यस्तो खुशी व्यक्त गरेका हुन् ।

दिल्लीका लागि प्लेइङ ११ मा पहिलो पटक मौका पाएका सन्दीपले भने, ‘मैले संसारभरबाट म्यासेज पाएको छु । मलाई उहाँहरूले मैदानमा हेर्न चाहनुभएको छ अन्ततः आज पुरा भएको छ ।’

विराट कोहली र एबी डिविलीयर्सविरुद्ध बलिङ गर्न पाउदा अत्यन्तै खुसी लागेको बताउदै यसबाट धेरै सिक्न पाएको बताए । सो अवसरमा माइकल क्लार्कले पनि सन्दीपसँग कुरा गर्दै आफु सबै भन्दा खुशी भएको भन्दै उनिप्रति आफुले गर्व गर्ने बताएका थिए ।

गएराती वैंगलोरविरुद्ध डेभ्यु गरेका सन्दिपले ओपनर पार्थिव पटेलको विकेट लिँदै उत्कृष्ट सुरूवात गरेका छन् ।

वैंगलोरविरुद्धको खेलमा दिल्लीबाट ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती रहेका छन् । नियमित खेलाडी ग्लेन म्यासवेलको ठाउँमा खेलेका सन्दिपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: