Todays Nepal
No1 Nepal's Complete News Sites

१० बर्से जनयुद्दको दरलाग्दो भिडियो हेर्नुहोस

8,877

यिनै हुन् सबै भन्दा पैले नेपाल लाइ बिगार्ने र टुक्राउने अनि आफुलाई नेपाली भन्ने अनुहार हरु,जंगलमा बसेर रातको अध्यारोमा लुकेर नेपालमा शान्ति ल्याउछु भन्ने,ठुला बडा ठाउमा पुगे, आफ्नो सन्तानलाई पढन विदेश पठाए, देशको नेता भए, सोचे जस्तै जनताको काधमा राखेर बन्दुक पड्काएर पैसा कमाए,अनि पछि लाग्ने हरु जस्ताको तेस्तै,

पैले पनि तेइ खेत बारीमा हलो जोथ्थे, आज पनि तेस्तै! कुवाको भ्यागुतो कुवामा नै भने जस्तै!अर्काको पछि लागेर आफ्नो देशलाई नै सखाप पार्ने यो अनुहार हरुलाई आज “म नेपाली” भन्न पनि लाज लाग्नु पर्ने हो!

डेढसयले सगरमाथा आरोहण गरे

सल्लेरी, सोलुखुम्बु, ३ जेठ (रासस) ः सगरमाथा आरोहणको आज पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

आज आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको उहाँले बताउनुभयो । आजसम्मको तथ्याङ्कअनुसार यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् ।

दोर्जीबाट १५ आँै पटक शिखरमा

दोर्जी ग्याल्जेन शेर्पाले १५ आँै पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । आज बिहान ७ः३० बजे शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको सगरमाथा आधार शिविरबाट एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीका मेनेजर भीम विश्वकर्माले जानकारी दिनुभयो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का दोर्जीसहित अन्य दर्जनौ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

पासाङ हिलाले पनि आठौँ पटक शिखरमा

त्यसैगरी खुम्बु पासङल्हमु गाउपालिका–४ का पासङ हिला शेर्पाले पनि आठौँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको आधारशिविरबाट मेनेजर विश्वकर्माले जानकारी दिनुभयो । अहिले अधिकांश आरोही क्याम्प २, ३ र ४ मा पुगेर शिखर जाने तयारी जुटेका छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: