Todays Nepal
No1 Nepal's Complete News Sites

म मरेर गए पनि यो मेरो शब्दहरु कहिले पनि मर्दैन | एक चोटी पढी दिनुस | – मृत आत्माले शान्ति पाओस…

9,287

रामेछाप — रणजोर खोलाले बाढीले बगाएर चार दिन देखि बेपत्ता किशोरी उष्मा फुयाँलको शव बिहीबार फेला परेको छ ।सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाको खुर्कोट नजिक उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार फुयाँलको शव घटनास्थल मुचुल्कापछि पोष्टमार्टमका लागि मन्थली ल्याइएको छ ।मन्थली माविबाट कक्षा ११ को परीक्षा दिन रुद्राक्षेश्वर मावि मुगिटारतर्फ जादै गर्दा सोमबार विहान रणजोर खोलाको बाढीले बगाएको थियो । उनि सँगै बगेका अन्य ६ जना विद्यार्थीको तत्कालै उद्दार गरिएको थियो ।

रामेछापको मन्थलीमा बैशाख ३१ गते आएको अविरल बर्षाको कारण बजार पुरै अस्तब्यस्त भयो ।मन्थलीबासिलाई पानीले अर्को पिडा पनि थपिदियो । कक्षा ११ को परिक्षा दिन जाने क्रममा रणजाेर खाेलामा अाएकाे बाढीमा ७ जना बिद्यार्थीहरु परेको खबरले सामाजिक सन्झालको भिताहरु भरिए ।सात जना मध्य छ जनाको जिबितै उधार गरियो। हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव बिहीबार दिउँसो छिमेकी जिल्ला सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर–७, मा रहेको खुर्कोटमा फेला परेको छ ।

उनीहरु ७ जना नै कक्षा ११ को परीक्षा दिन मन्थलीबाट रुद्राक्षेश्वर मावि मुगिटारतर्फ जाँदै थिए । मन्थलीबाट मुगिटा जाने क्रममा रणजोर खोला तरेर जानुपर्ने र त्यो खोला तर्ने क्रममा उनीहरुलाई बगाएको थियो ।

खोलाले बगाएकाहरु मध्ये २ जना खोलाबाट बग्दै गरेको अवस्थामा निस्कन सफल भएका थिए भने अन्य तीनजना तामाकोशी नदीबाट निस्कन सफल भएका थिए । खोलाले बगाएकाहरु मध्ये उष्मा भने चारदिनदेखि वेपत्ता थिइन ।
उनको खोजी कार्यको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिकहरुले चारदिनदेखि खोजी जारी राखेका थिए । खोजी गर्दै जादा मृतक फुँयालको शव खुर्कोटमा फेला परेको हो ।

खोला तर्ने बेलामा उष्मासँगै ७ जना छात्रछात्राहरु रणजोर खोलामा पसेका थिए । उनीसँगै खोला तर्न पसेकी पि्रयङ्का श्रेष्ठका अनुसार उनीहरु खोलाको एउटा भंगालो तरेर अर्को भंगालो तर्न खोज्दा नसकेपछि फर्किएका थिए ।

खोलामा अकस्मात पानी बढेर भँगालोनै छोपिएपछि उनीहरु हात समातेर खोला तर्न लाग्दा सबैलाई बगाएको थियो । त्यही क्रममा उष्मा छुटेकी हुन् ।

त्यो क्षण सम्झिदै प्रियंका भन्छिन्-वारी फर्कन लाग्दा हामी सबैले एकले अर्काेको हात समातेका थियौं । अरु छेउछेउमा थिए । मैले उष्माको हात समातेको थिएँ । सबैलाई एकचोटी बगायो । छेउमा हुनेहरु खोलमै पार लागेछन् । उष्मा र मलाई खोलाको बीच धारले बगायो । त्यस पछि को कता को कता केही थाहा भएन ।’

खोला धमिलो थियो । धमिलो पानीले प्रियंकाको अनुहार पुरै लत्पतियो । उनी त्यतिन्जेल होसमै थिइन् । खोलाले जब तामकोसी नदीमा पुर्‍यायो, पिंयंकाको अनुहारको हिलो तामाकोशी पानीले पखाल्यो ।

प्रियंका भन्छिन् ‘त्यो बीचमा मैले एकजना केटी मान्छेको कपाल समात्न पुगेँ । सायद त्यो उष्मानै हुनुपर्छ । तर केहीबेरमा त्यो कता पुग्यो कता, म फेरि नदीमा बग्न लागेँ । केहीबेर बगेपछि मेरो हातले एउटा लौरो फेला पार्‍यो । मैले त्यही लौरो समातेर नदीमा खुट्टा टेकेँ । घाँटीसम्म पानी आयो । त्यस पछि म विस्तारै किनारा लागेँ ।’

उनी पाखा लाग्दा उनीसँग बगेकी उनकी साथी निशा शाह पनि नदीबाट किनारा लागेर ढंुगा समातेर बसिरहेकी थिइन् । उनले अझै पानी बढ्छ निस्कौं भनेर निशालाई पनि सँगै निकालेर बाहिर ल्याइन् । ‘यसरी हामी दुई त बच्यौं तर उष्मालाई बचाउन सकिएन’ टिलपिल आँशु पार्दै प्रियंकाले बताइन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: