Todays Nepal
No1 Nepal's Complete News Sites

खेलकुद पत्रकार मञ्चको स्पोट्र्स अवार्डमा यसपटक क्रिकेटको वर्चश्व

खेलकुद पत्रकार मञ्चको स्पोट्र्स अवार्डमा यसपटक क्रिकेटको वर्चश्व, चार महत्वपूर्ण विधाको पुरस्कार क्रिकेटकर्मीहरुको कब्जामा, पिपुल्स च्वाइसको अवार्ड टेबलटेनिसका स्यान्टु श्रेष्ठलाई

8,692

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष गर्दै आएको स्पोर्टस अवार्डमा यस पटक क्रिकेटले वर्चश्व जमाएको छ । महत्वपूर्ण चार अवार्डमा क्रिकेटकर्मीहरु हावी भएका छन् ।

आर्मी अफिसर्स क्लवमा आयोजित कार्यक्रममा क्रिकेटका चार खेलाडीले अवार्ड जितेका छन् । जसमा बर्षको उत्कृष्ट प्रशिक्षक जगत टमाटा घोषित भए ।

उता युवा खेलाडी सन्दीप लामिछाने र करण केसी स्पेशल अवार्ड जित्न सफल भएका थिए । साथै उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका कप्तान पारस खड्काले हात पार्दा बर्षको उत्कृष्ट महिला खेलाडी ब्याटमिन्टनकी शोभा गौचन घोषित भइन् ।

त्यसैगरि पारा एथ्लिट तर्फ हृविलचियरमा बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्सालले हात पारेका थिए । यस्तै पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका नेपाल नम्बर १ स्यान्टु श्रेष्ठले जित्न सफल भएका थिए ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: