Todays Nepal
No1 Nepal's Complete News Sites

कार दुर्घटनामा परिन् बलिउड हिरोइन ज्याकलिन फर्नान्डिज

8,736

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज कार दुर्घटनामा परेकी छिन् । शुक्रबार राती सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टबाट फर्किने क्रममा उनको कार दुर्घटना भएको हो । हिजो राती सलमानको घरमा पार्टी थियो ।

फिल्म रेस–३ को सुटिङ सकिएपछि सलमानले रेस ३ का सबै टिमको लागि पार्टी राखेका थिए । पार्टीबाट घर फर्कने क्रममा उनको दुर्घटना भएको हो । स्पटब्वायको रिपोर्टका अनुसार रातको पौने ३ बजे मुम्बइ बान्द्राको कार्टर रोडमा दुर्घटना भएको बताइएको छ । ज्याकलिनको कार अटोरिक्सासँग ठोक्किएको थियो । अटोरिक्शा चालकले मदिरा पिएर अटो चलाइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: