Todays Nepal
No1 Nepal's Complete News Sites

रसियाको नदी एक्कासी रातो भएपछि स्थानियवासी आश्चर्यचकित, मन्त्रालयले विज्ञप्ती नै निकाल्यो

9,142

रसियाको नदी एक्कासी रातो भएपछि स्थानियवासी आश्चर्यचकित, मन्त्रालयले विज्ञप्ती नै निकाल्यो
सियाको नोरिलिक्स शहरस्थित डाल्डीकन नदीको पानी एक्कासी रातो भएपछि स्थानियवासी आश्चर्यचकित भएका छन । नदीको पानी पुरै रातो भएको फोटो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

स्थानिय अधिकारीहरुले नदीको पानी रातो भएको पुष्टी गरेपनि यसको कारण पत्ता लाउने प्रयास गरिरहेका छन ।

केहीले वातावरणमा आएको परिवर्तनले यस्तो हुन सक्ने अनुमान गरेका छन ।

यसैबीच रसियाको प्राकृतिक स्रोत एवं वातावरण मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अनावस्यक हल्लामा नलाग्न सर्व साधारणलाई आह्वान गरेको छ । मन्त्रालयले नदी नजिकै रहेको मेटालर्जिकल प्लान्टको पाइप फुटेपछि त्यहाँबाट निस्केको रसायनका कारण नदीको पानी रातो देखिएको बताएको छ ।

नोरिलिक्स निकले प्लान्ट विश्व कै सबै भन्दा ठुलो निकेल उत्पादक कम्पनी हो । उता, कम्पनीले भने आफ्नो कारण घटना नभएको दाबी गरेको छ ।

स्थानिय पत्रिकाहरुले भने नदीको पानी रातो भएको यो पहिलो पटक नभएको बताएका छन । यद्यपी ती अखबारहरुले यस बारे विस्तृत विवरण दिएका छैनन।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: