Todays Nepal
No1 Nepal's Complete News Sites

नेपालबाट पक्रेर भारतीय जेलमा यौनसम्पर्क

9,243

नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेकी एक विदेशी महिलालाई भारतीय जेलमा जबरजस्ती शारिरीक सम्बन्ध राख्न बाध्य पारिएको छ ।

नेपालको तराईमा पर्ने दशगजाबाट भारतको यूपी राज्यस्थित महाराजगञ्ज सहर घुसेकी उज्बेकिस्तानकी महिलालाई यूपी पुलिस प्रहरीले पक्रेर जेल पठाएकोमा जेलरले नै मौका छोपेर उनीसँग शारीरिक सम्पर्क राखेका हुन् ।

समाचार अनुसार महिला विना भीसा भारत पसेकी थिईन् । त्यसैकारण उनलाई पक्रेर जेल हालिएको थियो । तर, जेलमा जेलर डीएन गुप्ताले मौका छोपेर जबरजस्ती शारीरिक सम्पर्क राखेका हुन् ।

पीडित महिलालाई जनवरी २०१५ मा पक्राउ गरिएको थियो भने एक वर्षपछि डिसेम्बर रिहा गरिएको थियो । यो बीचमा जेलरले पटक पटक उनीसँग अवैध सम्बन्ध राखेको बताइएको छ ।

रिहा भएपछि उनले जेलर गुप्ताविरुद्ध प्रहरीमा उजुरी दिईन् । उनको उजुरीमा अनुसन्धान गर्दा जबरजस्ती शारीरिक सम्पर्क राखेको प्रमाणित भएपछि जेलरलाई पदबाट निलम्बन गरिएको छ । उनलाई बुधबार प्रहरीले देवरियाको मुजहनाबाट पक्रेर जेल पठाएको छ ।

यूपी प्रहरीका एसपी भरतसिंह यादवले जेलर गुप्तालाई लुकेर बसेको अवस्थामा पुख्यौली गाउँबाट पक्राउ गरेको बताए । पीडित महिलालाई सेफ हाउसमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: