Todays Nepal
No1 Nepal's Complete News Sites

जापानमा समय भन्दा २५ सेकेण्ड अघि रेल हिडेपछि कम्पनीले माग्यो माफी

8,728

पारदर्शी, सुशासन, जवाफदेहिता र उत्तरादायित्वको उत्कृष्ट नमुना जापानमा देख्न पाईन्छ।हरेक कुरा ठिक समयमा हुने जापान आणविक बमले ध्वस्त पारेर पनि यत्ति छिटै प्रगतिको शिखरमा पुग्नुको मुख्य कारण समयलाई ख्याल गर्नु पनि हो।

जापानमा हरेक कुरा ठिक समयमा हुने गर्छन्।तर कहिलेकाँहि सामान्य कुरामा भएको गल्तीमा पनि त्यहाँका अधिकारीहरुले माफी माग्छन्।

समय भन्दा २५ सेकेण्ड अगाडि मात्र स्टेशनबाट रेल छुटेकोमा कम्पनीका अधिकारीहरुले सार्वजानिक रुपमा माफि मागेका छन्।

तोकिएको समयभन्दा २५ सेकेण्ड अगाडि रेल छुटेपछि यात्रुहरुले सामाजिक संजालमा त्यसको आलोचना गरेका थिए।सामाजिक संजालमा आएको आलोचनापछि कम्पनीका अधिकारीहरुले ‘ठूलो भुल’ भन्दै यात्रुहरुलाई पर्न गएको असुविधाको लागी माफी नै मागे।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: