Todays Nepal
No1 Nepal's Complete News Sites

हातको चक्र र शङ्ख हेरेर आफ्नै भाग्य पत्ता लगाउने तरिका

9,178

हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरू मानव जन्मदा नै तयार भएर आएका हुन्छन् । शास्त्रअनुसार जुन व्यक्तिको हातको औँला जौ जस्तो हुन्छ त्यस्ता व्यक्ति निकै धनी हुन्छन् । समाजमा प्रतिष्ठित पनि बन्नेछन् ।

त्यस्तै हातमा शङ्ख हुनु निकै उत्तम मानिन्छ । जुन व्यक्तिहरूको चारवटा औलामा शङ्ख चिन्ह छ, ति व्यक्तिहरू उच्च पदमा पुग्ने र राजकीय सम्मान प्राप्त गर्ने हुन्छन् । ५ वटै औलामा शङ्ख भएकाहरू विदेश यात्रामा निस्कन्छन् भने ६ औलामा शङ्ख भएकाहरू धार्मिक र दश ओटै औंलामा भएकाहरू महात्मा हुने विश्वास छ ।

८ वटा औलामा शङ्ख भएकाहरू भने सुखी र धनी हुन्छन् ।हातमा चक्र हुनेहरूलाई पनि भाग्यमानी मानिन्छ । १० वटै औलामा चक्र भएकाहरूले संसार जित्ने शास्त्रमा उल्लेख छ । एउटा मात्र चक्र भएको मान्छे बुद्धिमान हुन्छ भने दुइवटा भएको व्यक्ति सुन्दर हुन्छ

जौको चिन्ह – समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातको औंलामा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता व्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने व्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठान हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।

पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: