Todays Nepal
No1 Nepal's Complete News Sites

खुल्यो रहस्य : यौन दुर्बलताका कारण दीपेन्द्रकी प्रेमिका देवयानीको भारतीय पतिसँग डिभोर्स !

9,068

तर, धेरैले आजकै दिन प्रेमको अन्त्य समेत गर्छन् । तर, प्रेमको अन्त्य जुनसुकै बेला पनि हुनेगर्छ । त्यसमध्ये केही निकै चर्चित हुन्छ । यसमा पर्ने एउटा प्रेम कहानीको नाम हो स्व. युवराज दिपेन्द्र शाह र देवयानी राणा । दुःखद रुपमा टुंगिएको यो प्रेम कहानी नेपाली समाजमा बर्षाैदेखि निकै चर्चामा छ ।

राप्रपा नेता पशुपति राणाकी छोरी देवयानी र राजदरबारका युवराज दीपेन्द्रबीच निकै लामोसमयसम्म प्रेम सम्बन्ध रहेको बताइन्छ । तर, राजपरिवारले देवयानीसँग विहे गर्न अनुमति दीपेन्द्रलाई नदिएपछि उनले बंशनास हुनेगरी दरवार हत्या काण्ड मच्चाएको दावी गरिन्छ तर, त्यसलाई नेपाली समाजले अझै स्वकारेको छैन् ।

भारतीय पतिसँग देवयानी

२०५८ साल जेठ १९ गते रातिको यो दुःखद घटनामा जोडिएका दीपेन्द्र अहिले यो संसारमा छैनन् । उनकी प्रेमिका देवयानी राणा बाँचेरपनि खुसी छैनन् ।

प्रेमी दीपेन्द्रको मृत्युपछि भारतीय घरानाको बुहारी बन्न पुगेकी देवयानी अहिले निकै तनावमा छिन् । उनको बैवाहिक जीवन सम्बन्ध बिच्छेद अर्थात डिभोर्सको चरणमा छ । यसको कारण यौन दुर्बलता रहेको खुलासा भएको छ ।

समाचार अनुसार उनका पतिको यौन क्षमता निकै कमजोर थियो । जून विहेअघि लुकाइयो । अहिले आएर थाहा पाएपछि सहन नसकी उनी डिभोर्सको चरणमा पुगेको उनी निकस्थ नातेदार बताउँछन् ।

भारतका पूर्व केन्द्रीय मन्त्री एवं कांग्रेसआईका नेता अर्जुनसिंहकी बुहारी बनेकी देवयानीले पारिवारिक तनाव ब्यहोर्दै आएकी थिइन । ८ वर्ष पहिले कुँवर ऐश्वर्य सिंहसँग विहे गरेकी देवयानीको पारिवारिक सम्बन्ध राम्रो नबनेपछि उनी दिल्लीमा अलग्गै बस्दै आएकी छिन् ।

सन् २००७ मा ३६ बर्षीया देवयानी र ३२ बर्षीय कुँवरबीच बिवाह भएको थियो । पारिवारिक सम्बन्ध राम्रो नभएपछि दिल्लीको कालन्दीमा बस्दै आएकी देवयानीको सम्बन्ध बिच्छेद प्रक्रिया अदालतमा पुगेको छ ।

उनीहरुबीच सम्बन्ध बिच्छेद गर्ने सहमति भएपनि केही बर्ष पहिले देवयानीले टेष्टट्यूव बच्चा जन्माएकी थिइन । त्यो बच्चा को सँग राख्ने भन्नेमा बिवाद चलिरहेको छ ।

पति कुँवर ऐश्वर्यको यौन दुर्बलता र बच्चा जन्माउने क्षमता नराखेपछि यी दुईबीच सम्बन्ध बिग्रिदै गएको हो । भनिन्छ, हरेक आमालाई विहेपछि सन्तानको चाहना हुन्छ जून इच्छा देवयानीका पतिले पुरा गर्न सकेनन् । फलस्वरुप उनले टेष्टट्यूव बच्चाको सहारा लिनुपर्यो । जसका कारण उनी डिभोर्सको निर्णयमा पुगिन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: