Todays Nepal
No1 Nepal's Complete News Sites

अब कांग्रेस हाम्रो सहयोगी पार्टी हो प्रतिष्पर्धी होइन : प्रधानमन्त्री

8,708

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब सहयोगी पार्टी बनेका बताएका छन् ।

बिहीबार मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत हुने भन्दै उनले कांग्रेस अब प्रतिष्पर्धी पार्टी नरही सहयोगीको पार्टी भएको बताएका हुन्।

‘कांग्रेसको इतिहास छ उसलाई पनि हामीले सँगै लिएर जाने हो,’ प्रधानमन्त्री ओलीले भने,’सबै मिलेर देश बनाउने हो, कांग्रेसले यसमा योगदान गर्छ।’ प्रधानमन्त्रील भने ‘यो एकता दमनकारी हुनलाई होइन विकासकारी हुनका लागि हो।’

कार्यक्रम माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा पनि उपस्थित थिए।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: