Todays Nepal
No1 Nepal's Complete News Sites

नेपाल आउने नै भए जेठ १२ मा भारतिय स्टार सलमान खान, के गर्छ बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ?

8,702

दुई कालो हरिण शिकारको मुद्धामा बिहीवार जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएपछि अन्योलमा परेको सुपरस्टार सलमान खानको नेपाल टुरको नयाँ मिति सार्वजनिक भएको छ ।

शनिवार धरौटीमा रिहा भएपछि नेपालको आयोजक संस्था ओडिसीलाई एक पत्र मार्फत दबंग टुरको भारतस्थित अफिसियल इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल कन्सर्टको मिति सार्वजनिक गरेको छ । पत्रमा उनको नेपाल कन्सर्ट वर्ष २०७५ को शनिवार जेठ १२ गते उल्लेख छ । उक्त पत्र ओडिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि राखेको छ ।

कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने छ । यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गतेको ‘द दबंग टुर’ कार्यक्रम तत्काललाई स्थगित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: