Todays Nepal
No1 Nepal's Complete News Sites

सन्दीपले भोलि धोनीलाई बलिङ गर्ने पक्का, दिल्ली डेयरडेभिल्सले सोध्यो– भोलि चेन्नईसँगको खेलमा कति विकेट लेलान सन्दीपले ?

8,834

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई उत्कृष्ट प्रदर्शनका कारण उनको टीम दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किंग्सविरुद्ध पनि उतार्ने भएको छ । दिल्लीले सन्दीपले चेन्नईविरुद्धको खेल खेल्ने जनाउँदै उनले शुक्रबार कति विकेट लिन्छन् होला भनेर सोधेको छ ।

सन्दीपले कति विकेट लिन्छन् त्यो त भन्न गाह्रो छ । तर उनले महेन्द्रसिंह धोनी, सुरेश रैना, शेन वाट्सन, रवीन्द्र जडेजा, अम्बाती रायूडु, ड्वेन ब्राभोलगायतका विश्वकै उत्कृष्ट ब्याट्सम्यानलाई बलिङ भने गर्नेछन् । १२ खेलबाट ६ अ‌ंक मात्र बटुल्न सफल दिल्ली प्लेअफबाट बाहिरिइसकेको छ । अब उसले चेन्नई र मुम्बई इन्डियन्ससँग मात्र खेल्न बाँकी छ । सन्दीप पछिल्लो समय चर्चामा रहेका छन् ।

उनी इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेबियन लिग खेल्ने भएकाले मात्रै चर्चामा आएका होइनन् । उनले मे ३१ मा इंग्ल्याण्डको लर्डसमा विश्व ११ को तर्फबाट वेष्ट इन्डिजविरुद्ध हुने खेलमा खेल्ने भएका छन् ।

सन्दीपलाई दिल्ली डेयरडेभिल्सले रोयल च्यालेन्र्जस बेग्लोरविरुद्ध टिम ११ मा समावेश गरेको थियो । अझ दिल्लीले सन्दीपलाई रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध ओपनिङ बलरका रुपमा नै खेलायो । सन्दीपले आईंपीएलमा आफ्नो डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका थिए । उनको बलिङमा विश्वका दुई उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र एबी डिभिलियर्सलाई समेत रन बनाउन हम्मेहम्मे पर्यो । दिल्लीले आफ्नो १२ औँ खेलमा मात्र सन्दीपलाई टिम ११ मा ठाउँ दिएको थियो ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: