Todays Nepal
No1 Nepal's Complete News Sites

प्रदीपले भने, ‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ’

8,873

पछिल्लो समय प्रदीप खड्का डिमाण्डेड अभिनेताको लिष्टमै पर्ने गर्दछन् । फिल्म प्रेमगीत, प्रेमगीत २, लिलिबिलिमा प्रदीपको अभिनयलाई दर्शकहरुले धेरै रुचाए । अहिले उनी फिल्म ‘रोजी’मा ब्यस्त छन् ।

यो फिल्ममा अभिनेता प्रदीप फरक भुमिकामा देखिदै छन् । आजबाट छायांकन सुरु गरिएको फिल्म ‘रोजी’को शुभसाइत समारोहमाउनी फरक गेटअपमा देखिएका छन् । यो फिल्मको लागि उनी लामो कपाल र दाह्री जुँगासहित देखाईएको छ ।

यो फिल्मको शुभसाइत समारोहमा अभिनेता खड्कालाई आफ्नो प्रेमिका रोजी राणाको हत्या गरेको आरोपमा अदालत लगिएको दृश्य खिचिएको थियो भने, उनले ‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ’ भन्ने संवाद मुहुर्तमा बोलेका थिए ।

यसै फिल्मको आफ्नो भुमिकाको लागि प्रदीपले कपाल बनाएको बताए भने नक्कली दाह्री–जुँगा राखेको बताएका छन् । यो फिल्ममा प्रदिपको साथमा मिरुना मगर, कर्मा, परमिता राणा लगाएत पनि मुख्य भुमिकामा छन् । यो फिल्मलाई निरक पौडेलले निर्देशन गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: