Todays Nepal
No1 Nepal's Complete News Sites

मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गर्दा मलाई गर्व छः प्रचण्ड

9,696

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज पार्टी एकता गर्न लागेकोमा गौरवान्वित भएको बताएका छन्।

एमालेका स्वर्गीय नेता मदन भण्डारीको स्मृति दिवसका अवसरमा बिहीबार बल्खुमा आयोजित कार्यक्रममा बोल्दै दाहालले भण्डारीको अवसानकै दिन एमाले र माओवादीबीच एकता हुने भएकाले गर्व लागेको बताएका हुन्।

कार्यक्रम माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा पनि उपस्थित थिए।

एमाले र माओवादीको एकता संयोजन समितिको बैठक केहीबेरमा बस्दैछ। नयाँ पार्टी आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ।

एमालेका तत्कालीन नेता भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी निधन भएको थियो।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: