Todays Nepal
No1 Nepal's Complete News Sites

भर्खरै जापान बाट आयो अर्को ठुलो दुखद खबर

7,987

जापानमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । बागलुङ जिल्ला ताराखोला गाउपालिका निवासी हाल जापानको ओसाकामा रहँदै आएकी पूर्णा थापाले मंगलबार आत्महत्या गरेकी हुन् । मृतक थापाका एक छोरा एक छोरी नेपालमै छन् । उनी बिहान सम्म राम्रै अवस्थामा रहेको र दिउँसो ३ बजेको समयमा बाथरुममा झुण्डिएको अवस्थामा देखेपछी उनका श्रीमान नर बहादुर थापाले प्रहरीलाई सूचना दिएको थिए । थापाले जापानमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् ।

गल्कोट समाज जापान क्षेत्रिय समिति ओसाकाका सचिव तथा एनआरएनए ओशाकाका सहसचिव नर बहादुर थापाकी श्रीमती पूर्णाले के कारणले आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । उनले आफ्नै कोठाको बाथरुममा पासो लगाएर आत्महत्या गरेकी थिइन् । हाल थापाको पार्थिव शरीर ( 大阪市平野区瓜破東4-4-146। ) भन्ने ठाउमा राखिएको छ । उनलाई श्रदान्जली दिनका लागि आजसम्म राखिने पनि नेपाली एकता समाज क्षेत्रिय समिति ओसाकाले जनाएको छ ।

यसैवीच अध्ययनका लागी जापान रहेका ललितपुरका २९ वर्षिय राजेन्द्र महर्जनको रहस्यमय मृत्यु भएको छ । उनको मृत शरीर पनि बाथरुममा झुण्डिएको अवस्थामा हिँजो बुधवार भेट्टिएको जनाईएको छ । उनि दुई तीन दिन देखी साथीहरुबीच नदेखिए पछी खोजविन गर्दा उनको मृत शरीर उनी बस्ने कोठाको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको मृत्युको कारण थाहा हुन सकेको छैन । ईबागलुङबाट।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: