Todays Nepal
No1 Nepal's Complete News Sites

‘लुट’, ‘रेशम फिलिली’ लगायतका चर्चित फिल्मका निर्माता माधव वाग्ले नक्कली नोट कारोवारको आरोपमा पक्राउ

8,802

काठमाडैँ । ‘लुट’, रेशम फिलिली लगायतका चर्चित फिल्मका निर्माता माधव वाग्ले पक्राउ परेका छन् । नक्कली नोटको कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले निर्माता वाग्लेलाई पक्राउ गरेको बताएको छ ।

चलचित्रका छायांकनको प्रयोजनको लागि प्रयोग गरिएको नक्कली नोट काठमाण्डौको एक रोदीमा खर्च भएको सुचनाका आधारमा ‘लुट’ का निर्माता माधव वाग्लेलाई पक्राउ गरेर अनुसन्धान थालीएको प्रहरी स्रोतले जनाएको छ । चर्चित निर्देशक दीपेन्द्र के। खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ का लागि बनाइएको १ हजारको तीन बण्डल नक्कली नोट उक्त रोदीमा खर्च गरेको भन्दै पक्राउ गरिएका उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराए पनि थप अनुसन्धानका लागि म्याद थपिएसँगै बिहिबार फेरी अदालतमा उपस्थित गराइने भएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: