Todays Nepal
No1 Nepal's Complete News Sites

थापा ज्यु, बिद्वान भेला भएर बैचारिक बहस गरेर देश बिकासमा लाग्ने कि भालेपोथी बन्दै बस्ने ?

8,698

सरकारमा हुदा पोथि भएर भारतको गुणगान गाउने अनि प्रतिपक्षीमा बस्दा भाले भएर भारत विरुद्ध खनिने यस्लाई प्रतिपक्षमा बस्नुको पीडा भन्न हामिले पाउने कि ! नपाउने ..??

गर्जने बादलले बर्षा दिदैन रे तपाइँ पनि यस्तै बादल हो गर्जन सक्नुहुन्छ तर परिणाम निकाल्न सक्न्नुहुन्न । हिजो घैटे मारिदा चार वटा कागज हातमा बोकेर सरकारले मानवधिकार हनन गर्‍यो भन्दै मानव अधिकार धाउने तपाई नै होइन र ! तपाई पनि हड्डी नभएको गड्यालो जस्तै हो हिलोमा जता पनि बटारिने। भ्रमात्मक भाषण दिएर भन्दा पनि बारीमा साग उमारेर आत्मनिर्भर बनाउन सीकाउनु होस् । सबैले सलाम गर्नेछन् । यतिका पढे लेखेका बिद्वान नेताहरु सबै पार्टि जम्मा भएर बैचारिक बहस गरेर देश बिकासमा जुट्नु पर्ने होइन र! देशलाई कसरी निकास दिनु पर्ने भन्ने नारा सदनमा कहिले उठाउनु हुन्छ ।

राजाले भारत गुहारे रे तपाइको पार्टीको नेता हटाउन , बि पि प्रति सम्मान छ तर भारतमै स्थापना भएकाे पार्टी कस्तो हो भनेर आम नेपाली अनबिग्य छैनन् । बाँकि रह्याे अाेलिकाे कुराे माेदि अाउदाँ राष्ट्रबादिहरुको घुडाँमा भ्वाङ पर्याे हाेला , तर तपाइहरु त घुँडा टेकेर के -के भयाे हामिले बिर्सेकाे छैन , यसरि चर्काे भाषण सुनेर दङ्ग नपर्न सबैलाई अाग्रह प्रतिपक्षमा बसेर ठुला कुरा जस्ले पनि गर्छ सामान्य हाे । हामिले नचिनेकाे हैन बिदेश नीति का कुरा गर्नु भयो बिदेश भनेकाे भारत बाहेक अरू नदेख्ने काङ्ग्रेस नै होइन र!! अाेलिले पाकिस्तान सम्मका प्र म भित्र्याउन त भ्याए , राष्ट्रिय बिदेश नीति बनाउने कुरा सान्दर्भिक छ ।

तपाईलाई देशप्रेम प्रती त्येती नै ओतप्रोत छ भने राष्ट्रियता माथी आच आउने कुरा गर्ने लालबाबु राउत को बिरोध गर्न सदनमा किन कन्चुस्याइ गर्नु भयो । हिजो तराइ डुब्दा कोशिका ढोका खोल्न्नु पर्छ भनेर किन बिरोध गर्न सक्नु भएन। सत्तामा हुदा साहस पूर्वक चीनबाट रेल र तेल ल्याउनु पर्छ भनेर किन भन्न सक्न्नु हुन्न ..??

भारतका नेताहरुसँग भेट गरेर बुझे, नाकाबन्दि हाम्रै कारणले भएको रहेछ भारतको यसमा कुनै भूमिका छैन – भन्ने काङ्रेस नेता दिप कुमार उपाध्याय (तत्कालिन राजदुत)होइनन् र! भारतीय सत्ता नाकाबन्दिको निम्ती जती अपराधी हो त्यस भन्दा ठुलो जिम्मेबार अपराधी तपाइको पार्टी पनि त हो। अप्रत्यक्ष रुपमा उसको सहयोग र समर्थन थियो यसमा । नाकाबन्दी लाएर ४६ सालमा राजा बिरेन्द्रलाई घुँडा टेकाए झै ओलीलाइ टेकाउन चाहन्थे। यिनको हर्कत सम्झिनुस त त्यसबेला नाकाबन्दिका बिषय छोडेर सन्सदमा अनेक तमासा आयल निगमको जि एम काङ्रेस कार्यकर्ता गोपाल खड्काको मिलोमतोमा इन्धन तस्करी, पुननीर्माण प्राधिकरणमा आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर तान्डव, संबिधान सम्सोधन गर भन्दै सन्सद अवरुद्ध। मुलुक नाकाबन्दी बेहोर्दै थियो, नेपालि काङ्ग्रेस तमाशा गर्दै रह्यौ, मोदिलाई नाकमा नथ्थी लाएपछी अहिले नाकाबन्दी सम्झनु पोहोर मरिन सासू अहिले आयो आसु भने जस्तो भएनर गगन जि !

नरेद्र मोदि को भ्रमणमा देशको हित बिपरित हुनु हुन्न, तर नेपाली काग्रेस ले ५० बर्ष शासन गर्दा १४-१५ पटक सत्ता जिम्म लिदा देशमा १९ – २० घन्टा लोडसेडिङ भयो भन्न हामिले पाउने कि नपाउने? त्येति बेला आफ्नै पार्टिका अभिभावक विरुद्ध किन बोल्नु भएन कि बगावत नगरेको? गलत लाई सधै गलत भन्नू पर्छ कि पर्दैन? हो अहिले को भ्रमण मा सेना ल्याउनु गलत थियो म मान्छु तर अहिले को सरकार को काम हेर्न अझै समय नकुरी पत्तो लाग्दैन। विपक्षीको भुमिकामा राम्रो प्रस्तुत हुनु भएको हो मान्नु पर्छ तर कुर्सीमा बस्दा चै किन तपाइँका पार्टी का नेता हरु एकापट्टि मात्र ढल्केको हुन ? छिमेकी लाई बरावरी मा राख्नु पर्छ तर हामिले बिगत मा के गरेउ त्येस्को असर अहिलेको सरकारमा पनि परेको हो। यो दोश आत्मसात गरेर आफ्नै अभिभावक लाई दिनुस। अहिलेको सरकार लाई खबरदारी गरेकोमा सलाम छ हामीले यो कुरामा साथ् दिने छौ तर आफ्नु घर पहिले सुधार्न पर्छ अरुको घरको धुरि मा काग देख्ने ले आफ्नु घर भित्र को कागको गुड र बचरो नदेख्नु लाई हामिले गलत भन्ने कि नभन्ने ? तपाईको अडान जायज हो तर पहिले आफ्नु घर सफा गर्नुस । सफा र राम्रो बस्तु लाई जस्ले पनि हातमा लिने कोसिस गर्छ यो त बिगतका भ्रमण बाट नै प्रमाणित भै सक्यो।

काङ्गग्रेसले बिकास र पूर्बधारहरू नारा लियर सदनमा कहिले आऊने हो अथवा अरूलाइ गालि गरेर मात्र अबको राजनिती चल्ने वाला छैन।साथै काङ्ग्रेसको सासनकालमा नेपालीले 18 घन्टाको लोडसेडिङ तालिका दैनिक अपडेट गराउनू परेको कथाहरू सदनमा बाचन गर्नु होला । सधैंभरि अरूले गरेका कामहरूको जस लिन खोजेर कसरी हुन्छ काङ्ग्रेसको बिकास। अब त बेला आयो बीकास र जनताको भावना बूझेर कामगर्ने बेला। हिजो तपाइँ को सरकार हुँदा लगतै नाकाबंदी गरेको थियो भारत ले तर टुडिखेल बाट तपाइँ ले भनेको कुरा पनि स्मरण गर्नुहोस भारत ले नाकाबंदी गरेको छैन जो भारत को बिरोध गर्छ सबै भेंडा हुन भनेको कुरा सबै जनतालाई अवगत नै छ , खबर्दारी अबस्य गर्नु पर्छ तर राजनीति भाषामा होइन। जनताले बिकाश र निकास चाहन्छ तेसैले जनता को मन जित्न को लागि अब भाषण होइन प्रतिपक्षमा रहेरै भएपनी निकास को बाटो देखाउनु भयो भने जनता को मन अवस्य जित्नु हुनेछ ।

यो निर्लज्ज सरकार माथी धारिलो प्रहार गर्न सक्ने विपक्ष दलको एकमात्र जिउदो नेता तपाई नै हो तर अस्ति त्यो “नाकाबन्दी” हुँदा पनि यसरी नै जनताको सामु खुलेर यो “नाकाबन्दी” हो भन्ने शाहस भएको भए आज तपाइ र तपाइको पार्टीको यो हविगत हुदैनथ्यो कि! आयातित नागरिक देशको प्रमुख , काम काजको भाषा हिन्दी हुनु पर्छ भन्नेहरु प्रती तपाईको बैचारिक बिचार केही देखिन । तपाइ र तपाइको पार्टीले बिकाश , निकाश र पुर्बधारहरुको नारा लिएर देशको मुल कहिले फुटाउने गगन जि !

कि अरुले गरेको खेती को फल मात्र खाने बानी बसाल्ने । हिजो देउवा दाजु को साहारा लिएर नाकाबन्दिको उच्चारण गर्न सम्म हिचकिचाउने गगन थापाहरु अब निर्भीक ढंगले राष्ट्रबादी बटन लाइनमा आइपुग्नु निकै सकारात्मक कुरा हो तर हिजो नाकाबन्धिको बेला शशत्क्त रुपमा जुध्न सक्ने नेतृत्व चाहिएको थियो तर त्यो काम त अरु कसैले गरि सकेका छन् । अब सहज समयमा नै राष्ट्रबादको भारी बोक्न सकिए असल नेता कहलाउन सकिएला नत्र थाकेर विश्राम लिनु पर्ला चेतना भया ।

र अन्त्यमा थला परेको कंग्रेसबाट सेलिब्रेटि बन्न मात्र नखोज्नु होला । जनताको भावना बुझ्नु होला, शुभकामना छ तपाइलाइ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: