Todays Nepal
No1 Nepal's Complete News Sites

पुरुषोत्तम मास २०१८: नखानुहोस् यी चीजहरु, हुनेछ जीवनमा कष्ट !

9,065

पुरुषोत्तम मास भगवान विष्‍णुको प्रिय महीना हो । यस मासमा प्रभु श्रीराम, भगवान कृष्‍ण र श्रीहरिको उपासनाको अधिक मह‍त्व हुने गर्दछ । यो मास भगवान शिवको आराधनाको लागी विशेष फलदायी हुने गर्दछ । शास्त्रमा यस मासको समयमा तमोगुणयुक्त पदार्थको सेवन गर्नलाई मनाही गरिएको छ । यस मासमा जप, तप, दान गर्नुको विशेष महत्व रहेको छ । यति मात्र नभएर यस मासमा खान-पिनको पनि ध्यान राख्न निकै आवश्यक रहेको छ जानौ पुरुषोत्तम मासमा कुन-कुन चीजलाई प्रयोगमा ल्याउने र कुनलाई नल्याउने यस्तो रहेको छ नियम ।

पुरुषोत्तम मासमा के खाने ?

गहु, चामल, मूंग, जौ, मटर, तिल, कांक्रो, केरा, आप, घी, इमली, ढिके नुन, अमला आदि चीजको सेवन गरेर भोजन गर्नुहोस्। यसो गर्नाले उक्त व्यक्तिको जीवनमा शारीरिक कष्ट कम हुने गर्दछ । यी चीजहरु अथावा यिनीहरुबाट बनेको पदार्थले जीवनमा सात्विकताको वृद्धि गर्दछ । अत: यस मासको समयमा उपरोक्त पदार्थको सेवन अवश्य गर्नुपर्दछ ।

पुरुषोत्तम मासमा के खान हुदैन ?

मुसुरीको दाल, भ्यान्टा, लसुन, प्याज, मूला, गाजर, काउली, बन्दा, मह, मासु, मदिरा, धूम्रपान, मादक द्रव्य आदिक सेवन गर्नाले तमोगुणको वृद्धिको असर जीवनभरि रहने गर्दछ । अत: पुरुषोत्तम मासमा यी चीजको खान-पानलाई वर्जित मानिएको छ । जो व्यक्ति पुरुषोत्तम मासको समयमा पूजा-पाठमा ध्यान लगाएर नियमनुसार खान-पिनको चीजलाई ग्रहण गर्दछन्, उनीहरुले जीवनमा सबै कष्टबाट मुक्ति पाउनुको साथै शरीर स्वस्थ भईरहन्छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: