Todays Nepal
No1 Nepal's Complete News Sites

यी क्रिकेटरसँग विवाह गर्न चाहन्थिन माधुरी दीक्षित, एक गल्तीले अधुरो बनेको थियो उनको लभ स्टोरी

9,830

आफ्नो मुस्कानले मानिसहरुलाई दीवाना बनाएकी अभिनेत्री माधुरी दीक्षित आजबाट ५१ वर्षमा लागेकी छिन्। फिल्मको कुरा गर्ने हो भने माधुरी निर्देशक रोहित शेट्टीको फिल्म ‘टोटल धमाल’ मा फेरि अनिल कपूरसँग देखिनेछिन। माधुरीको चाहनेवालामा बलिउड अभिनेताको लामै सूची छ। उनको नाम सञ्जय दत्त, अनिल कपूरसँग जोडिने गरिन्थ्यो तर माधुरीको दिल भने एक क्रिकेटरको लागि धड्किन लागेको थियो। तर उनीहरुको सम्बन्ध अघि बढ्न सकेन।

माधुरीको नाम थुप्रै अभिनेताहरुसँग जोडिएको थियो तर माधुरी भने क्रिकेटर अजय जडेजा प्रति फिदा दिईन। दुवैको भेट एक म्यागजिनको फोटोशुटको बेला भएको थियो। पहिलो भेटमै माधुरी र अजयको अफेयरको किस्सा चारैतिर फिजिएको थियो।

माधुरीसँग नाम जोडिएपछि अजय जडेजा फिल्मी क्षेत्रमा कदम राख्ने चर्चा हुन् सुरु भएको थियो। केवल यति मात्र नभई माधुरी स्वयमले एक फिल्म निर्मातासँग अजयलाई फिल्ममा लिनको लागि सिफारिस पनि गरेकी थिईन। माधुरीसँग नाम जोडिएपछि यसको प्रभाव उनको खेलमा देखियो र उनको पर्फमेन्स लगातार गिरिरहेको थियो।

जडेजाको खेलमा असर परे पछि उनका घरपरिवार उनीप्रति रुष्ट भएका थिए र खेलमा ध्यान दिन सल्लाह दिएका थिए। विभिन्न सञ्चार माध्यमका रिपोर्ट अनुसार जडेजा रोयल परिवारका थिए भने माधुरी एक मध्यमवर्गीय परिवारबाट थिईन। यस कारण अजय जडेजाका परिवार यस अफेयरको बारेमा खुशी थिएनन् र उनीहरु माधुरीसँग सम्बन्ध बढाउँन चाहन्दैन्थे।

अफेयरको खबरको बीच अजय जडेजाको नाम भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान मोहम्मद अजहरुद्दीनसँग म्याच फिक्सिंगमा जोडियो। जडेजाको यस गल्तीको कारणले माधुरीले उनीसँगको दूरी बढाइन । पछि माधुरीले डाक्टर श्रीराम माधव नेनेसँग विवाह गरिन्।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: