Todays Nepal
No1 Nepal's Complete News Sites

पैसाको गड्डीसँग तस्विर खिच्न रुचाउने गुन्डा नाइके विकास पुनलाई पाँच बर्ष जेल सजाय !

8,803

दाङका गुन्डा नाइके विकास पुनलाई पाँच बर्ष जेल सजाए गर्ने दाङ जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुरले सदर गरेको छ ।

२०७० चैत ५ गते घोराहीको नयाँबजारमा पदम चन्दलाई गोली हानेको घटनामा प्रहरीले उनि बिरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा चलाएको थियो । सोही अभियोगमा उनलाई दोषी ठहर गर्दै दाङ देऊखुरी जिल्ला अदालतका न्यायाधिस चुरामन खड्काको इजलाशले २०७३ फागुन २९ गते ५ बर्ष जेल सजाए सुनाएको थियो ।

पुन जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए । बैशाख ३१ गते उच्च अदालत तुलसीपुरका न्यायाधिसद्धय महेश शर्मा पौडेल र शुदर्शनदेव भट्टको संयुक्त इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो । उच्च अदालत तुलसीपुरका प्रवक्ता रुद्रमनी गिरीले जानकारी दिनुभयो ।

पदम चन्दलाई गोली हानी फरार भएका विकासले २०७२ साल मंसिर ४ गते सहयोगी त्रिशक्तिलाई साथमा लिएर जिल्ला प्रहरीमा आत्मसमर्पन गरेका थिए । त्यतिबेला अदालतले क्रिशक्तिलाई पूर्वपक्षकालागी कारागार चलान गरेको थियो भने विकासलाई धरौटीमा छोडेको थियो । त्रिशक्ति अहिले जेलमै छन् । विकास भने उच्च अदालतको फैसलापछी फरार छन् ।’

को हुन् विकास ?

प्रहरीका अनुसार विकास साविकको राप्ती अञ्चलमै नाम चलेको कुख्यात गुन्डा हुन् । उनि प्रहरी ईनकाउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैँटेका राप्ती अञ्चल कमान्डर थिए ।

उनले घैँटेकै आडमा राप्ती अञ्चलमा गुन्डागर्दी गर्थे । गिट्टी बालुवा र मुर्ती तस्करी देखी ठेकेदार र व्यापारीसँग पैसा असुल्ने उनको मुख्य पेशा हो । विकासको पनि घैँटेको जस्तै पैँसाको बिटोमा सुत्ने शौख छ । पैसाको बिटोमा बसेको उनको तस्बिर दुईबर्ष अघि सार्वजनिक भएको थियो ।

घैँटे मारिएपछी उनि पोखरामा गुन्डागर्दी गर्ने एलजी समूहसँग नजिक छन् । उक्त समूहका नाइके पूर्णे तालु विकासका मुख्य कमान्डर हुन् । पूर्णे तालु आजभोली काठमाडौंको सुन्धारालाई आधार इलाका बनाई गुन्डागर्दीमा सक्रिय छन् ।

पहिले तरुणदलमा सक्रिय भएका पुन २०७४ असोज ९ गते एमालेमा प्रवेश गरेका थिए । उनलाई एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी प्रवेश गराए थिए । -राप्तीटुडेबाट

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: